काठमाडौं । नेपाली रियल इस्टेट क्षेत्रमा सक्रिय दुई कम्पनी बसोबास र अर्बानो मल्टिप्रपोज प्रा. लि. (Urbano Multipurpose Pvt. Ltd) बीच एक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ ।
बुधवार एक कार्यक्रममा, बसोबासका तर्फबाट बिजनेस डेभलपमेन्ट हेड प्रदीप पोखरेल र अर्बानोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द बानियाँले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर पछि अब दुवै कम्पनीले मिलेर प्रपर्टी मूल्यांकन ( Property Valuation), कानुनी विवरण जाँच (Due Diligence), र प्रपर्टी लिस्टिङ जस्ता सेवाहरू प्रदान गर्ने भएका छन् । जसको उद्देश्य ग्राहकलाई छिटो, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनु रहेको छ ।
समझदारीअनुसार अब ग्राहकहरूले बसोबासको वेबसाइट वा सामाजिक सञ्जालमार्फत ‘Request Valuation/Due Diligence’ बटन प्रयोग गरी आफ्नो प्रपर्टीको मूल्यांकन वा कानुनी जाँचका लागि सजिलै आवेदन दिन सक्नेछन् ।
बसोबासका अनुसार यो सहकार्यले प्रपर्टी खरिद बिक्रीमा आवश्यक पर्ने कानुनी प्रक्रिया तथा वास्तविक मूल्य निर्धारणको काम सहज बनाउनेछ । जसले ग्राहकको विश्वास बढाउनुका साथै रियल इस्टेट क्षेत्रमा सुनिश्चित र व्यवस्थित तरिकाले काम गर्ने प्रचलन वा अभ्यासको प्रवर्द्धन गर्नेछ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।