Market

घरजग्गा कारोबार चालु आर्थिक वर्षकै उच्च, ४ अर्ब ७२ करोड राजस्व संकलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा घरजग्गा कारोबार सबैभन्दा उच्च देखिएको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार जेठमा ५६ हजार १० संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब ३५ सय भन्दा बढि हो ।

बैशाखमा देशभरबाट ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । त्यस्तै गत वर्षको जेठमा भने ६१ हजार १ सय ६१ घरजग्गाको लिखत पारित भएको थियो ।

कारोबारमा वृद्धि भएसँगै सरकारले जेठमा घरजग्गाबाट ४ अर्ब ७२ करोड ७० लाख ९४ हजार ४ सय ४५ रूपैयाँ संकलन गरेको छ । जबकि बैशाखमा ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार ६ सय ३७ रूपैयाँ संकलन भएको थियो । 

गत आर्थिक वर्षको जेठमा संकलित राजस्व ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७ सय ६९ रूपैयाँ थियो । 

उपत्यका भित्रको घरजग्गा कारोबारः

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । 

भक्तपुरबाट १ हजार ९८ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट २१ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, लगनखेलबाट ९ सय १९, कलंकीबाट ८ सय १६ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट २ हजार १ सय ५८ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय मनाङबाट ८ वटा लिखत पारित भएको छ ।

क्र.सं मालपोत कार्यालय  लिखत पारित राजस्व संकलन (रुपैयाँमा)
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २१५८ १२ करोड २३ लाख ६१ हजार २९
२. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १९७८ ६ करोड २८ लाख ३६ हजार ७ सय १
३. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १७४० ७ करोड ३६ लाख ३९ हजार ५ सय ९६
४. मालपोत कार्यालय बेलवारी, मोरङ १७३२ ६ करोड १७ लाख २४ हजार १ सय ८८
५. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १६५९ ३ करोड ६६ लाख १२ हजार २ सय ५२ 
राजस्व संकलनको अवस्थाः

राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । जेठमा डिल्लीबजार मालपोतले सबैभन्दा धेरै ३९ करोड ४२ लाख १९ हजार ६ सय ५७ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।

यस्तै, लगनखेलबाट ३८ करोड ५२ लाख ७ हजार ५ सय ५०; कलंकीबाट ३० करोड ५ लाख ६९ हजार ७९; भक्तपुरबाट ३१ करोड ८९ लाख ७१ हजार ५ सय ७३ र चाबहिलबाट २८ करोड ९७ लाख ९६ हजार ३ सय ८५  र रुपैयाँ राजस्व संकलन भएको छ ।

क्र.सं मालपोत कार्यालय  लिखत पारित राजस्व संकलन
१. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर १०९८ ३१ करोड ८९ लाख ७१ हजार ५ सय ७३
२. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ९१९ ३८ करोड ५२ लाख ७ हजार ५ सय ५०
३. मालपोत कार्यालय कलंकी, काठमाडौं  ८१६ ३० करोड ५ लाख ६९ हजार ७९
४. मालपोत कार्यालय साँखु, काठमाडौं  ४८४ १० करोड ७५ लाख ६९ हजार ९ सय ३५
५. मालपोत कार्यालय चावहिल, काठमाडौं ५०८ २८ करोड ९७ लाख ९६ हजार ३ सय ८५
६. मालपोत कार्यालय मनमैजु, काठमाडौं  ३५२ १० करोड ७१ लाख ७९ हजार १ सय ८६
७. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं  २०४ ३९ करोड ४२ लाख १९ हजार ६ सय ५७
८. मालपोत कार्यालय टोखा, काठमाडौं १९७ ६ करोड ७ लाख ४ हजार ९ सय १२
९. मालपोत कार्यालय गोटीखेल, ललितपुर २१ ७ लाख ३४ हजार ४ सय ९६

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It