Neighborhood

चील बसाएको बस्ति इमाडोलमा कति छ त घरजग्गाको मूल्य र भाडादर ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित इमाडोल उपत्यकामा बसोबासको प्रमुख रोजाइ बनेको छ । टिकाथली, भक्तपुर ठिमीको सिमानामा पर्ने इमाडोलमा देशका विभिन्न भेगबाट आएका मानिसहरूको बाहुल्यता छ ।

इमाडोलको नाम लिच्छविकालीन बसोबास र चीलसँग जोडिएको किंवदन्तीबाट आएको हो, जहाँ ‘इमा’ चील र ‘द्वँ’ माटोको ढिस्कोलाई जनाउँछ । भनिन्छ, कुनै समय काठमाडौंको हाँडीगाउँमा आगलागी भएपछि देवता बस्न अयोग्य ठानेर केही मानिसले नयाँ बसोबासको खोजी गरे । चीललाई मार्गदर्शक मानेर हिँडेका ती मानिसहरू चील बसेको माटोको ढिस्कोमा पुगे र त्यहीँ बसोबास गरे । यही स्थानलाई अहिले इमाडोल भनिन्छ । अर्को व्याख्याअनुसार, ‘डोल’ समथर  बसोबासयोग्य जमिन हो र इमाडोलको विकास खेतीयोग्य फाँट र पानी राजकुलोसँग सम्बन्धित छ ।

रिङरोड ग्वार्कोबाट करिब दुई किलोमिटरको दूरीमा पर्ने इमाडोलमा एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार २७ हजार ३ सय २७ रहेको थियो । जसमध्ये १३ हजार ९ सय १३ पुरुष र १३ हजार ४ सय १४ महिला रहेका थिए भने यहाँ ६ हजार ८ सय ९८ घरधुरी रहेको थियो । 

इमाडोल क्षेत्रका प्रमुख आवासीय क्षेत्रः घरजग्गाको मूल्य र भाडादर

इमाडोल क्षेत्रका धेरैजसो स्थानहरू आवासीय प्रयोजनका लागि छन् । मुख्य सडकसँग जोडिएका केही स्थानहरू बाहेक इमाडोलका सबैजसो स्थानमा आवासीय नै हुन् ।

स्थान

जग्गाको औसत मूल्य (प्रतिआना)

घरको औसत मूल्य

आवासीय भाडादर

फ्ल्याट

घर

कृष्ण मन्दिर

४५-८० लाख

२ करोड ५० लाख देखि ३ करोड ५० लाख

२०, ००० – ३०,०००

४० देखि ७० हजार

ओचु हाइट

४०-५० लाख

२ करोड २५ लाख देखि ३ करोड २० लाख 

१८, ००० – २५, ०००

४० देखि ५० हजार

शीतलहाइट

४५-६० लाख

२ करोड ७५ लाख देखि ३ करोड ५० लाख

२०, ००० – ३०, ०००

४० देखि ६० हजार

राजकुलो

४२-५० लाख

२ करोड ७५ लाख देखि ३ करोड ५० लाख

१७, ००० – २२, ०००

३५ देखि ५० हजार

बोजेपोखरी

४५-५५ लाख

३ देखि ४ करोड

१५, ००० – २५, ०००

३० देखि ५० हजार

इमाडोल टेम्पो पार्क

५५- १ करोड

३ देखि ४ करोड ५० लाख

२०, ००० – ३०, ०००

४० देखि ७० हजार

इमाडोल टेम्पो पार्क 

इमाडोलका अन्य स्थान भन्दा ‘इमाडोल टेम्पो पार्क’ क्षेत्रमा घरजग्गाको मूल्य तुलनात्मक रुपमा महङ्गो छ । ग्वार्को इमाडोलको मुख्य सडकले छोएको र व्यवसायिक र आवासीय दुवै प्रयोजनका लागि उपयुक्त हुनाले पनि इमाडोल टेम्पो पार्क अन्य क्षेत्रभन्दा महङ्गो छ ।

शान्त र व्यवस्थित यस क्षेत्रमा जग्गाको न्यूनतम औसत मूल्य प्रतिआना ५५ देखि १ करोड रुपैयाँसम्म पर्छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ३ करोडदेखि ४ करोड ५० लाख रुपैयाँसम्म पर्छ ।

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर २५ देखि ३० हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तल्लाका आधारमा भाडादर ४० देखि ७० हजारसम्म छ ।

कृष्ण मन्दिर 

इमाडोलको ‘कृष्ण मन्दिर’ क्षेत्र व्यवसायिक र आवासीय प्रयोजनका लागि उपयुक्त छ । ग्वार्को मुख्य सडक र किस्ट हस्पिटललगायत अन्य भौतिक पूर्वाधारको सहज पहुँच भएकाले यस क्षेत्रमा घरजग्गाको माग अधिक छ । जसले गर्दा ‘कृष्ण मन्दिर’मा घरजग्गाको मूल्य तथा भाडादर लगातार बढ्दो छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ४५ देखि ८० लाख चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे २ करोड ५० लाख देखि ३ करोड ५० लाख रुपैयाँसम्म छ ।

यस क्षेत्रको फ्ल्याटको औसत भाडादर २० देखि ३० हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तल्लाका आधारमा औसत भाडादर ४० देखि ७० हजार रुपैयाँसम्म छ ।

शितलहाइट

‘शितलहाइट’ इमाडोलको महङ्गो आवासीय क्षेत्र मध्ये एक हो । शान्त वातावरण र सम्पूर्ण सेवासुविधाको पहुँच भएकोले पनि यस क्षेत्रमा घरजग्गाको मूल्य अधिक छ ।

‘शितलहाइट’ मा जग्गाको औसत मूल्य प्रतिआना ४५ देखि ६० लाखसम्म चल्तीमा छ । त्यस्तै; ४ आना जग्गामा बनेको आवासीय घरको औसत मूल्य साढे २ करोड ७५ लाखदेखि ३ करोड ५० लाखसम्म पर्छ । 

यस क्षेत्रमा फ्ल्याटको औसत भाडादर २० देखि ३० हजारसम्म चल्तिमा छ । त्यसैगरी घरको भाडादर क्षेत्रफल र तल्लाका आधारमा ४० देखि ६० हजार रुपैयाँसम्म पर्छ ।

बोजेपोखरी 

bojepokhari

‘बोजेपोखरी’ आवासका लागि उपयुक्त क्षेत्र हो । यस क्षेत्रमा जग्गाको औसत मूल्य प्रतिआना ४५ देखि ५५ लाखसम्म चल्तीमा छ । त्यस्तै; ४ आना जग्गामा बनेको आवासीय घरको औसत मूल्य साढे ३ करोडदेखि ४ करोडसम्म पर्छ । 

यस क्षेत्रमा एउटा फ्ल्याटको औसत भाडादर १५ देखि २५ हजारसम्म चलेको छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा ३० देखि ५० हजार रुपैयाँसम्म पर्छ । 

राजकुलो

Rajkulo

‘राजकुलो’ आवासीय क्षेत्रको रुपमा परिचित छ । यस क्षेत्रमा जग्गाको औसत मूल्य प्रतिआना ४२ देखि ५० लाख रुपैयाँसम्म चल्तीमा छ । त्यस्तै; ४ आना जग्गामा बनेको आवासीय घरको औसत मूल्य साढे २ करोड ७५ लाखदेखि ३ करोड ५० लाख रुपैयाँसम्म पर्छ । 

यस क्षेत्रमा एउटा फ्ल्याटको औसत भाडादर १७ देखि २२ हजारसम्म चलेको छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा ३५ देखि ५० हजार रुपैयाँसम्म पर्छ । 

ओचु हाइट  

Ochu Height

इमाडोलका अन्य स्थान भन्दा ‘ओचु हाइट’ क्षेत्रमा घरजग्गाको मूल्य तुलनात्मक रुपमा सस्तो छ । शान्त र व्यवस्थित यस आवासीय क्षेत्रमा जग्गाको न्यूनतम औसत मूल्य प्रतिआना ४० देखि ५०लाखसम्म पर्छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य २ करोड २५ लाखदेखि ३ करोड २० लाख रुपैयाँसम्म पर्छ ।

यस क्षेत्रमा फ्ल्याटको औसत भाडादर १८ देखि २५ हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तल्लाका आधारमा भाडादर ४० देखि ५० हजार रुपैयाँसम्म छ ।

इमाडोल क्षेत्रमा अवस्थित शैक्षिक संस्था, अस्पताल र अन्य कार्यालयहरूः

शिक्षा, स्वास्थ्य, यातायातको सहज पहुँच यस क्षेत्रको प्रमुख विशेषता हो । जसले यहाँको जीवनशैलीलाई विलासी, आधुनिक, सुविधासम्पन्न बनाएको छ । 

इमाडोल क्षेत्रमा अवस्थित शैक्षिक संस्थाहरूः

यस क्षेत्रमा युनाईटेड स्कूल, समता स्कूल, हिमचुली अंग्रेजी माध्यमिक विद्यालय, पवन प्रकृति अंग्रेजी उच्च माध्यमिक विद्यालय, काठमाडाै मोडेल सेकेन्डरी स्कुल, किष्ट मेडिकल कलेज लगायत प्रसिद्ध शैक्षिक संस्थाहरू छन् ।

इमाडोल क्षेत्रमा अवस्थित अस्पताल तथा स्वास्थ्य संस्थाहरूः

यस क्षेत्रमा बी एण्ड बी अस्पताल, किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, समाज डेन्टललगायतका प्रसिद्ध अस्पतालहरू छन् । त्यतिमात्रै नभएर यस क्षेत्रमा विभिन्न विश्वासिला मेडिकल सेन्टरहरू पनि छन् ।

इमाडोल क्षेत्रमा अवस्थित सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरूः

इमाडोल क्षेत्रबाट नजिकमा नगरपालिका तथा वडा कार्यालयहरू छन् । यसबाहेक एन आइ सी एसिया, सिद्धार्थ बैङ्क, नबिल बैंक, ग्लोबल आइ एम इ बैंक , नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सांग्रिला विकास बैंक लिमिटेड लगायतका बैंक तथा वित्तिय संस्थाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It