काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार बैशाखमा ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब २६ सयले बढि हो ।
चैतमा देशभरबाट ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । त्यस्तै गत वर्षको बैशाखमा भने ४९ हजार ७ सय ८२ घरजग्गाको लिखत पारित भएको थियो ।
कारोबारमा वृद्धि भएसँगै बैशाखमा घरजग्गाबाट ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार ६ सय ३७ रूपैयाँ संकलन गरेको छ । जबकि चैतमा ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार ८ सय ६७ रूपैयाँ संकलन गरेको थियो ।
गत आर्थिक वर्षको बैशाखमा संकलित राजस्व ३ अर्ब ८६ करोड ३८ लाख १६ हजार २ सय ६६ रूपैयाँ थियो ।
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट ८ सय ८४ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट १५ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ८ सय ६१, कलंकीबाट ६ सय ७२ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट २ हजार ३५ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिर्दिवासबाट ४ वटा लिखत पारित भएको छ ।
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन (रुपैयाँमा) |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | २०३५ | ११ करोड ६५ लाख ४४ हजार १ सय ५७ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १७६० | ६ करोड ६१ लाख ४८ हजार ७ सय १८ |
३. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १७११ | ६ करोड ४ लाख ३ हजार ३ सय २ |
४. | मालपोत कार्यालय बेलवारी, मोरङ | १७०१ | ६ करोड ८० लाख ६३ हजार ६ सय २५ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १५१६ | ३ करोड १४ लाख ४८ हजार ६ सय ८६ |
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । वैशाखमा लगनखेल मालपोतले सबैभन्दा धेरै ३८ करोड ८३ लाख ५७ हजार ४ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, डिल्लिबजारबाट ३५ करोड १७ लाख ७१ हजार ५ सय ४९; कलंकीबाट २८ करोड ९ लाख ६४ हजार ८ सय ९८; चाबहिलबाट २८ करोड ८३ लाख ५९ हजार ४ सय ६८ र भक्तपुरबाट २७ करोड २९ लाख ८८ हजार २ सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ ।
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | ८८४ | २७ करोड २९ लाख ८८ हजार २ सय ३२ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | ८६१ | ३८ करोड ८३ लाख ५७ हजार ४ सय ३२ |
३. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ६७२ | २८ करोड ९ लाख ६४ हजार ८ सय ९८ |
४. | मालपोत कार्यालय साँखु, काठमाडौं | ४३७ | ९ करोड ४३ लाख ५५ हजार ८० |
५. | मालपोत कार्यालय चावहिल, काठमाडौं | ४८४ | २८ करोड ८३ लाख ५९ हजार ४ सय ६८ |
६. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | २६२ | ९ करोड १६ लाख २५ हजार २ सय ८ |
७. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | २०२ | ३५ करोड १७ लाख ७१ हजार ५ सय ४९ |
८. | मालपोत कार्यालय टोखा, काठमाडौं | १७० | १० करोड ४३ लाख २१ हजार ६ सय ६० |
९. | मालपोत कार्यालय गोटीखेल, ललितपुर | १५ | २ लाख ७८ हजार ६ सय ३ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।