Featured

गत महिना बसोबासमा जोडिएका ७ उत्कृष्ट प्रपर्टीहरू, सुरुवाती मूल्यः २ करोड ८५ लाख 

Pinterest LinkedIn Tumblr

काठमाडौं । माघ महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com ४० भन्दा धेरै प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका प्रपर्टीहरूध्येबाट उत्कृष्ट ७ प्रपर्टिहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः

डिजाइन र जग्गाको क्षेत्रफलका आधारमा उत्कृष्ट मानिएका प्रपर्टीहरूः

१. सीतापाइला, काठमाडौंस्थित ३ आना २ पैसा जग्गामा बनेको सेमी फर्निस्ड घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यस घरमा पाँचवटा बेडरुम, दुईवटा बैठक रुम, दुईवटा किचन र तीनवटा बाथरूम छन् । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा कार र तीनवटा बाइक पार्किङ स्पेस छुट्याइएको छ ।  यस घरको मुल्य २ करोड ८५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

गत महिना बसोबासमा जोडिएका ७ उत्कृष्ट प्रपर्टीहरू, सुरुवाती मूल्यः २ करोड ८५ लाख

२.  सैन्बु, ललितपुरस्थित ४ आना २ दाम जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा ७ वटा बेडरुमहरू, एउटा फराकिलो बैठक रुम, एउटा किचन र ४ वटा बाथरूमहरू उपलब्ध छन् । जुन एउटा ठुलो परिवारको लागि उपयुक्त हुन्छ । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा २ वटा कार र ३ वटा बाइक पार्किङ स्पेस छुट्याइएको छ । यस घरको मुल्य ३ करोड ९० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
House on sale
३. धापाखेल, ललितपुरस्थित ५ आना जग्गामा बनेको फुल फर्निस्ड घर बिक्रीमा रहेको छ । उत्तर-पूर्व मोहडा भएको साढे दुई तले घरमा छ वटा बेडरुम, चारवटा बाथरूम, दुईवटा बैठक रुम र दुईवटा मोड्युलर किचन छन् । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा कार र केही बाइकहरू पार्किङ गर्न स्पेस छट्याइएको छ । यस घरको मुल्य ३ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House on sale

. जोरपाटी, काठमाडौंस्थित ४ आना २ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको अढाइतले घरमा छ वटा बेडरुम, चार बाथरूम, दुई बैठक रुम र दुईवटा मोड्युलर किचन छन् । फुल फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य ४ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House on sale

५. पासीकोट, बुढानिलकण्ठस्थित ५ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरको भुईं तल्लामा 2BHK सेटअपमा छ । पहिलो तल्लामा दुईवटा मास्टर बेडरूम र १ बैठक रुम छ । दोस्रो तल्लामा एउटा किचन र डाइनिङ र दुईंवटा बेडरम छ । सेमी फर्निस्ड यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । २ कार र ५ देखि ६ वटा बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य ४ करोड ७५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।


६. इमाडोल, ललितपुरस्थित ६ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको अढाइ तले घरमा सातवटा बेडरुम छन् जसमध्ये चारवटा अड्याज बाथरुमसहितका छन् । त्यस्तै दुईंवटा लिभिङ र दुईंवटा मोड्युलर किचन र डाइनिङ छन् । १३ फिट फराकिलो सडकको पहुँचभएको यस घरमा तीनवटा कार र केही बाइकहरू अट्ने पार्किङ स्पेस रहेको छ । फुल फर्निस्ड यस घरको ६ करोड ७५ लाख तोकिएको छ । यो घरसम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

house on sale

७. चण्डोल, काठमाडौंस्थित १२ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरको ग्राउन्ड फ्लोरमा एउटा सर्भेन्ट रुम छ । पहिलो तला 2BHK सेटअपमा छ । जसमा एउटा अट्याच बाथरुम छ । दोस्रो तल्लामा एउटा बेडरुम, दुईवटा मास्टर बेडरूम, र एउटा बैठक रुम छ । माथिल्लो एउटा किचन डाइनिङ, एउटा बेडरुम, र एउटा स्टोर रुम छ । १२ फिट फराकिलो सडकको पहुँचभएको यस घरमा ४ वटा कार र १० वटा बाइक अट्ने पार्किङ स्पेस रहेको छ । यस घरको ७ करोड ५० लाख तोकिएको छ । यो घरसम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

house on sale

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It