काठमाडौं । अमेरिकामा घर बिक्री तीन दशक यताकै न्यून देखिएको छ । उच्च मूल्य र धितो कर्जाको दर बढ्दा घर बिक्रीमा कमि देखिएको हो ।
२०२४ मा अमेरिकामा घर बिक्री ४० मिलियनमा झरेको नेशनल एसोसिएसन अफ रियल्टर्सले जनाएको छ । यो सङ्ख्या सन् १९९५ यताकै न्यून हो ।
ब्याजदरको उतारचढावले पनि घर बजारलाई ठूलो असर गरेको छ । २०२४ मा ३० वर्षे स्थिर ब्याजदर औसत ७.२२% रहेको थियो । भने केही समयका ६% मा झारिएको थियो । तर, पछिल्ला हप्ताहरूमा पुनः ७% नाघेपछि खरिदकर्ताहरू दोधारमा परेका छन् । हाल यो दर ६.९६% मा झरेको छ ।
त्यस्तै घरको मूल्य पनि लगातार बढेको छ । १८ महिनासम्म मूल्य निरन्तर वृद्धि भइरहेकाले पनि घर खरिद गर्न चाहनेहरूको लागि चुनौती थपिएको छ । २०२४ मा पुराना घरहरूको औसत मूल्य ४०७,५०० अमेरिकी डलर पुगेको छ, जुन हालसम्मकै उच्च हो । डिसेम्बरमा भने केही घटेर ४०४,४०० अमेरिकी डलर पुगेको देखिन्छ ।
वर्षको अन्त्यतिर भने घर बिक्रीमा केही सुधार देखिएको छ । डिसेम्बरमा घर बिक्री दर २% ले बढेर वार्षिक रूपमा ४० लाख २४ हजार पुगेको छ, जुन फेब्रुअरी २०२४ यताकै उच्च हो । केही विश्लेषकहरूका अनुसार, ब्याजदर केही घटेपछि र आर्थिक अवस्थामा थोरै सुधार आएकाले खरिदकर्ताहरू पुनः सक्रिय हुन थालेका छन् ।
यदि ब्याजदर अझै घट्ने हो भने, २०२५ मा घरबजार सुधार हुने सम्भावना छ । अहिलेको अवस्थामा खरिदकर्ताहरू अझै सतर्क देखिए पनि, बजारमा स्थायित्व आउने अपेक्षा गरिएको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।