Market

दरबारमार्गमा ४० वटा अपार्टमेन्ट र सपिङ मल सहितको ‘अन्नपूर्ण स्क्वायर’ बन्दै

Pinterest LinkedIn Tumblr

काठमाडौं दरबारमार्गमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले २५ तले अन्नपूर्ण स्क्वायर निर्माण

थालेको छ । सोमबार एक विशेष समारोहबीच भूमिपूजा गरी निर्माण थालिएको हो । 

नेपालको सुन्दरताको प्रतीकका रूपमा स्क्वायर निर्माण थालिएको स्क्वायरलाई भारतको आर्किटेक्चर कम्पनीले डिजाइन गरेको हो । दुई चरणमा निर्माण हुने होटल ०८५ वैशाख १ देखि सञ्चालनमा ल्याउने निर्माण कम्पनीको लक्ष्य छ ।

करिब नौ लाख वर्गफिट क्षेत्रफलमा फैलिने यो स्क्वायरमा ४० वटा अपार्टमेन्ट, भाटभटेनीको स्टोर, र एउटा क्यासिनो रहनेछ । ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको यस परियोजनाका लागि पुराना संरचनाहरू भत्काउने कार्य जारी छ । निर्माण कार्य नगरपालिकाले जति छिटो अनुमति दियो त्यति नै चाँडो थालिने जनाइएको छ । 

साढे तीन सय कोठाको यो होटललाई नेपालकै गर्व गर्ने संरचनाको रूपमा निर्माण गरिनेछ । होटलको मूल्य सबैका लागि पहुँचयोग्य हुनेछ । होटलसँगै २५ सय, २ हजार, र १५ सय व्यक्तिको क्षमता भएका तीनवटा ब्यांक्वेट हल पनि निर्माण गरिनेछ । 

होटल व्यवस्थापनको जिम्मा आईटीसीको वेलकम ब्रान्डलाई दिइएको छ । यस होटलले नेपालमा पनि उत्कृष्ट संरचना निर्माण सम्भव छ भन्ने सन्देश दिनेछ ।

 बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It