Transaction

कार्तिकमा घट्यो घरजग्गा कारोबार, राजश्व संकलन अहिलेसम्मकै कम

Pinterest LinkedIn Tumblr

काठमाडौं । कार्तिक महिनाको घरजग्गा कारोबारमा गिरावट आएको छ । सरकारले भूउपयोग नियमावली-२०७९ संशोधन गरी जग्गा कित्ताकाटमा समेत सहजीकरण गरे पनि कारोबार उत्साह नदेखिएको हो ।

कार्तिकमा ३३ हजार ५१४ मात्रै पारित भएको छ । गत वर्षको कार्तिकमा २६ हजार ४६ घरजग्गाको लिखत पारित भएको थियो । कार्तिकमा कारोबार घटेसँगै राजस्व समेत गिरावट आएको छ । 

कार्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ मात्रै संकलन भएको छ । असोजमा संकलित राजस्व ३ अर्ब ८ करोड १२ लाख थियो ।

कहाँ, कति भयो किनबेच ?
उपत्यका भित्रको घरजग्गा कारोबारः

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । 

भक्तपुरबाट ६ सय ७७ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट ९ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, लगनखेलबाट ५ सय ३६, कलंकीबाट ४ सय १४ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटाचा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । 

सुनसरीबाट १२ सय ४६ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, सिर्दीवासबाट कुनै पनि लिखत पारित हुन सकेन ।  

राजस्व संकलनको अवस्थाः

राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालय अग्रस्थानमा छन् । कार्तिकमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै २४ करोड ५७ लाख ५४ हजार रुपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ ।

यस्तै, चावहिल मालपोतबाट २१ करोड ४२ लाख ४६ हजार, भक्तपुर मालपोतबाट १७ करोड ६९ लाख २३ हजार, कलंकी मालपोतबाट १७ करोड ८ लाख ४४ हजार र डिल्लिबजार मालपोत बाट १५ करोड ७७ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं मालपोत कार्यालय लिखत पारित राजस्व संकलन
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी १२४६ ७ करोड ८९ लाख ९० हजार ३ सय २
२. मालपोत कार्यालय बेलवारी, मोरङ १११२ ४ करोड ८ लाख ५८ हजार ८ सय ९५ 
३. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १०२४ ३ करोड ३३ लाख २१ हजार ५ सय २६
४. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १०२२ २ करोड ५ लाख १ हजार ३ सय ५४
५. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा ९९८ ३ करोड १८ लाख ८३ हजार ९ सय ७५
उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं मालपोत कार्यालय लिखत पारित राजस्व संकलन
१. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर ६७७ १७ करोड ६९ लाख २३ हजार ६ सय ४५
२. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ५३६ २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८
३. मालपोत कार्यालय कलंकी, काठमाडौं  ४१४ १७ करोड ८ लाख ४४ हजार ७ सय ५१
४. मालपोत कार्यालय चावहिल, काठमाडौं  ३३१ २१ करोड ४२ लाख ४६ हजार ९ सय ९२
५. मालपोत कार्यालय साँखु, काठमाडौं  २८३ ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२
६. मालपोत कार्यालय मनमैजु, काठमाडौं  २०७ ५ करोड ५० लाख ९३ हजार ६ सय ३२
७. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं  १४६ १५ करोड ७७ लाख २० हजार ५ सय ४५
८. मालपोत कार्यालय टोखा, काठमाडौं  १०६ ३ करोड ५७ लाख २७ हजार ६ सय ६५
९. मालपोत कार्यालय गोटीखेल, ललितपुर ४ लाख ६७ हजार ७ सय २०

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It