Lifestyle

तिहारमा कुन दिन कतिवटा दियो बाल्नुपर्छ ? यस्तो छ दियोको महत्त्व

Pinterest LinkedIn Tumblr

काठमाडौंदिपावलीमा दियो बाल्ने चलन केवल परम्परा मात्र होइन । यसले हिन्दु संस्कृति र प्रतीकात्मकताको गहिरो अर्थ बोकेको छ । दिपावलीका प्रत्येक दिनको आफ्नै विशिष्ट महत्त्व छ । र हरेक अवसरमा विशेष संख्यामा दियो बाल्ने गरिन्छ । दियो बाल्ने परम्परा ठाउँअनुसार र समुदाय अनुसार फरक-फरक हुन सक्छ । यहाँ दिपावलीको प्रत्येक दिन कतिवटा दियो बाल्ने भन्ने चर्चा गरिएको छ:

धनतेरसमा १३ वटा दियो बाल्नेः

धनतेरसका दिन १३ वटा दियो बाल्ने गरिन्छ । यसरी दियो बाल्दा जीवनमा सम्पन्नता र आर्थिक समृद्धि ल्याउने विश्वास गरिन्छ । हिन्दु परम्परामा यो संख्या शुभ मानिन्छ । यसले धन, वृद्धि, र देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ । 

नरक चतुर्दशीमा १४ दियो बाल्नेः

नरक चतुर्दशी, जसलाई सानो दिपावली पनि भनिन्छ । यस दिन १४ वटा दियो बाल्नाले नकारात्मकता र अशुभ शक्तिलाई टाढा राख्ने परम्परा रहेको छ । हिन्दु धर्मशास्त्र अनुसार १४ संख्या १४ लोकहरूको प्रतीक हो । र १४ दियो बाल्दा वातावरण शुद्ध हुने गर्ने र शान्ति तथा सकारात्मकता ल्याउने विश्वास गरिन्छ ।

लक्ष्मी पूजाको रात ५ वटा दियो बाल्नेः

दिपावलीको मुख्य रातमा देवी लक्ष्मीलाई स्वागत गर्न ५ वटा दियो बालिन्छ । यस रातमा प्रत्येक दियोले समृद्धि र खुसीका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्दछ । यो परम्पराले घरमा सुख, समृद्धि र शान्ति ल्याउने विश्वास गरिन्छ ।

गोवर्धन पूजामा एउटा दियो बाल्नेः

गोवर्धन पूजाका दिन एउटा दियो बालिन्छ, जसले राम्रो पक्षले नराम्रो पक्षलाई जितेको संकेत गर्दछ । यो दियो विशेषगरी भगवान कृष्णले देवराज इन्द्रलाई परास्त गरेको विजयको प्रतीक हो । यसले विश्वासको शक्ति र एकताको महत्व झल्काउँछ ।

भाइ टीकामा २ वटा दियो बाल्नेः

भाइ टीकाका दिन २ वटा दियो बालिन्छ । जसले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह भावलाई सङ्केत गर्छ । एउटा दियो दाजुभाइको प्रेम र रक्षा प्रतीक हो भने अर्को दियो दिदीबहिनीको दीर्घायु र स्वास्थ्य कामनाको प्रतीक हो । यसले माइति र चेलीको सम्बन्धलाई थप मजबुत बनाउँछ र पारस्परिक स्नेह र माया दर्शाउँछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It