Research

फिका बन्दै गएको भारतको ‘ब्लु सिटी’को नीलो रंग 

Pinterest LinkedIn Tumblr

काठमाडौं भारतको उत्तरपश्चिमी राज्य राजस्थानमा अवस्थित ‘जोधपुर’ शहरका अधिकांश घरहरू नीलो रंगका छन् । ‘ब्लु सिटी’को नामले प्रसिद्ध यो शहर कुनै समय मारवाडको राजधानी हुने गर्थ्यो । राजपूत राजा राव जोधा द्वारा सन् १४५९ मा निर्माण भएको शहरलाई उनकै नामबाट नामाकरण गरियो ।

ब्रम्हपुरीको नामले पनि चिनिने जोधपुरमा नीलो रंगको प्रयोग कहिलेबाट सुरु भएको भन्ने कुरा यकिन मिति त छैन । यद्यपि १७ औं शताब्दी पछिबाट मात्र निलो रंग लगाउन सुरु भएको पनि भन्ने गरिन्छ । नीलमा कपर सल्फेट र लाइमस्टोन हुन्छ, जसले कीराहरूलाई टाढा राख्छ  । त्यसैले जोधपुरमा घरलाई किराहरूको आक्रमणबाट बचाउन यस्तो रंगको प्रयोग गर्न थालिएको थियो । त्यस्तै; जोधपुर अत्यन्तै गर्मी हुने ठाउँ भएकाले घरलाई नीलो रंगले चिसो राख्न यो रंगको प्रयोग गरियो ।

जलवायु परिवर्तनका कारण तापक्रम बढ्न थालेपछी मानिसहरूले नीलको सट्टा एयर कन्डिसनरहरू जस्ता आधुनिक विकल्पहरू खोज्न थालेका छन् । जसले गर्दा शहरको पहिचानसँग जोडिएका करिब ३३ हजार घरमध्ये आधा घरहरूमा मात्रै नीलो रंग लगाइएको छ ।

जोधपुरको पहिचानसँग जोडिएको निलो रंग हिजोआज भने लोप हुँदै गइरहेको छ । मोरक्कोमा अवस्थित प्रसिद्ध ब्लु सिटी शेफचाउएनसँग (Chefchaouen) तुलना हुने गरेको जोधपुरमा भने नीलो रंग फीका हुन थालेको छ । नील खेती लोप हुन थालेपछी नील अभावका कारण घरहरू अरु रंगहरूको प्रयोग हुन थालेका छन् । 

Chefchaouen
मोरक्को शेफचाउएन (Chefchaouen) सिटीमा अवस्थित ब्लु सिटी

एक दशकअघि घरलाई निलो रंगमा रंगाउन करिब ५,००० रुपैयाँ खर्च लाग्थ्यो भने हाल ३०,००० रुपैयाँभन्दा बढी खर्च हुन्छ । नीलको उपलब्धता कम हुँदै गएको र घरको रंगरोगन बढि खर्चिलो हुन थालेपछी स्थानीय अधिकारीहरू र समुदायहरूको सहयोगमा हरेक वर्ष ५ सय घरको बाहिरी पर्खाल नीलो रंग गर्ने कार्य भइरहेको छ ।

‘ब्लु सिटी’को पहिचानसँग जोडिएको हिन्दु विश्वासः

जोधपुरलाई निलो शहरको नामकरण हुनुको पछाडि ऐतिहासिक र सांस्कृतिक कारणहरू छन् । ब्राह्मण जातिका मानिसहरूले नीलो रङलाई भगवान शिवसँग सम्बन्धित रहेको विश्वास गर्छन् । पृथ्वीलाई बचाउन समुद्र मन्थनका बेला हलहला नामको अत्यन्तै खतरनाक विष पिउनुभएको थियो । उक्त विषले शिवको शरीर नीलो बनायो । त्यस समयदेखि उनका अनुयायीहरूले नीलो रङलाई शिव र पवित्रतासँग जोड्छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It