Featured

ओपन हाउसः सीजी होल्डिङ्सका आकर्षक घरहरूको विशेष प्रदर्शनी

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालले यही साउन २५ र २६ गते ओपन हाउस कार्यक्रम आयोजना गर्ने भएको छ । सीजी डेभलपर्सले निर्माण गरेका घरहरूको साइट भिजिट गराउन ओपन हाउस आयोजना गर्न लागिएको हो ।

शुक्रबार र शनिबार हुन लागेको ओपन हाउस बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चल्नेछ । सीजीले प्रतिनिधित्व गर्ने कार्यक्रममा सीजीद्वारा निर्माण गरिएका परियोजना अन्तरगतका घरहरू भिजिट गराइनेछ । साथै उपलब्ध सेवासुविधाको बारेमा विस्तृत जानकारी दिइनेछ ।

धापाखेलमा निर्माणाधीन सीजी लेकभ्यूमा ओपन हाउस कार्यक्रमको सुरुवात हुनेछ । जहाँ जम्मा ९१ वटा घरहरू निर्माण हुनेछन् । यी घरहरू ४ आना १ पैसादेखि १३ आना १ पैसा २ दाम जग्गामा बनेका छन् । जसमध्ये ५० प्रतिशत घरहरू बुकिङ भइसकेका छन् भने बाँकि युनिट घरहरूको बुकिङ खुला गरिएको छ । यी घरहरू 4BHK सम्मका हुनेछन् । 

सीजीका अन्य परियोजनाको भ्रमणः

सीजी लेकभ्यूमा भन्दा बाहेकका घरहर हेर्न चाहने ग्राहकलक्षित गरी बसोबासले सीजीका अन्य परियोजना ‘सीजी भिल्ला, सुनाकोठी र सीजी भैँसेपाटी हाइटका घरहरूको समेत भिजिट गराउने छ । जसका लागि बसोबासले यातायातको  समेत व्यवस्था गरेको छ ।

सुनाकोठीस्थित ‘सीजी भिल्ला सेकेन्ड फेज’ नामक परियोजना अन्तर्गत २१ वटा आकर्षक सुविधासम्पन्न भिल्लाहरू रहेका छन् । यी घरहरू ४ आनादेखि १२ आना जग्गामा निर्माण भएका छन् । यी घरहरू साढे दुई तलाका छन् । 

त्यस्तै, भैँसेपाटी मेडिसिटी अस्पताल हाइट नजिकै सीजी भैँसेपाटी हाइट नामक यस परियोजना अन्तर्गत जम्मा ९ वटा घरहरू निर्माण भएका छन् । यी घरहरू ४ आनादेखि १२ आना सम्मका छन् । जसमध्ये ५ वटा घर बिक्री भइसकेका छन् भने हाल ४ वटा घर बिक्रीका लागि रहेका छन् । 

ओपन हाउस सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It