Lifestyle

घरमा तामाको सूर्य लगाउँदा हुन्छन् यस्ता लाभहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिन्दु धर्ममा चन्द्र र सूर्यलाई देवताको रुपमा पुज्ने प्रचलन छ । वास्तुशास्त्रअनुसार घरमा विभिन्न धातुका प्रतिमूर्ति स्थापना गर्दा नकारात्मक ऊर्जालाई प्रतिस्थापन गरी वातावरणलाई सौहार्द बनाउने उल्लेख छ । आजको लेखमा तामाको सूर्यको महत्व र यस सम्बन्धमा ध्यान दिनु पर्ने कुराहरूको चर्चा गरौँ ।

वास्तुअनुसार तामा र सूर्यको महत्व बुझ्न पहिले सूर्यको प्रकाश र तामाको लाभबारे बुझ्न जरुरी हुन्छ । हिन्दु पौराणिक कथाअनुसार सूर्यलाई देवताको रुपमा पुजिन्छ । उनलाई जीवन र उर्जा प्रदाता, शक्ति, साहस र बुद्धिको प्रतीक मानिन्छ । जसले ब्रह्माण्ड चक्रलाई नियन्त्रण गर्ने विश्वास गरिन्छ । ज्योतिषशास्त्रमा सूर्यलाई ग्रहहरूको राजा मानिन्छ । 

त्यस्तै तामालाई पवित्र धातु मानिन्छ । तामा र सूर्य दुवै औषधीय गुणले समेत भरिपूर्ण छन् । यसको प्रयोग विभिन्न रोगको उपचारका लागि पनि हुने गर्छ । आयुर्वेदमा शरीरको प्रतिरक्षा क्षमता बढाउनका लागि तामा र सूर्यको प्रकाशको प्रयोग हुने गर्छ । तामामा शुद्धिकरण गर्ने क्षमता हुने गर्दछ । यसले पानी तथा हावामा भएको धुलोलाई आफूमा समाहित गरेर पानी तथा वायुमण्डललाई समेत शुद्ध पार्दछ । 

घरमा तामाबाट बनेको सूर्य राख्नुका फाइदाहरूः

ग्रहका राजा सूर्य हुन् भने सूर्यको धातु तामा हो । त्यसैले जुन घरमा सूर्यको प्रकाश ठीकसँग पुग्दैन वा कुण्डलीमा सूर्यको स्थिति ठीक छैन सो घरमा तामाको सूर्यको आकृति स्थापना गर्न वास्तुविद्हरू सल्लाह दिन्छन् । तामाको सूर्यले सकारात्मक प्रभावलाई बढाउँछ र हानिकारक प्रभावहरूलाई हटाउँछ । 

copper vastu

घरमा सूर्यको प्रतिमा राख्नाले सकारात्मक ऊर्जा, जीवन शक्ति र आत्मबलका बढाइ घरबाट नकारात्मकता, अन्धकार र बाधाहरू हटाउने र परिवारमा सुख-समृद्धि कायम गर्न भूमिका खेल्ने मान्यता छ । 

सूर्यले नेतृत्व, साहस र आत्मविश्वास जस्ता गुणहरूलाई प्रतिनिधित्व गर्ने हुँदा यसको प्रभावले परिवारका सदस्यहरूमा यी गुणहरू आउँने विश्वास छ । त्यसैगरी वास्तुशास्त्रमा सूर्यलाई आध्यात्मिक ज्ञान र उच्च चेतनासँग पनि जोडिएको छ । यसो हुँदा तामाको सूर्य घरमा राख्दा आध्यात्मिक वृद्धि, आन्तरिक शक्ति र बुद्धि प्राप्त हुने जनविश्वास छ । 

copper vastu

यसले व्यक्तिहरूलाई आत्म-खोजको यात्रामा लाग्न, ज्ञान प्राप्त गर्न र सांसारिक संलग्नकहरूबाट मुक्ति प्राप्त गर्न प्रेरित गर्दछ ।

ज्योतिष राज (977-9808872114) वास्तु सम्बन्धि परामर्श दिनुहुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It