काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाको निक्षेप ब्याजदर घटाएका छन् । बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।
हाल सञ्चालनमा रहेका २० मध्ये १८ वटा वाणिज्य बैंकले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका हुन् । पुस महिनामा बैंकहरूले दिएको निक्षेपको अधिकतम ब्याजदरको तुलनामा माघ महिनामा दिएको अधिकतम ब्याजदरमा औसत ०.८२ प्रतिशतले कम छ ।
कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरूको पूँजीकोषमा देखिएको दबाबले एग्रेसिभ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको बैंकहरूले जनाएका छन् ।
बैंकले निक्षेपको ब्याजदर घटाउनुलाई घरजग्गा व्यवसायीहरूले सकारात्मक निर्णयको रुपमा लिएका छन् । नेपाल रियल स्टेट अर्गनाइजेसन ‘एनरियो’का सचिव हमिद खान भन्छन्, ‘निक्षेपको ब्याजदर घट्नुले ग्राहकहरूमा लगानीको वातावरणलाई प्रोत्साहन गरेको देखिन्छ । निक्षेपको ब्याजदर घट्नु भनेको लोनको ब्याजदर घट्नु हो । यसले ग्राहक र डेभलपरहरूमा लगानी गर्नुपर्छ भन्ने आत्मविश्वास बढाउँछ । र माहोलको सिर्जना गर्छ ।’
तत्काल घरजग्गा कारोबारमा ब्याजदरमा आएको ह्रासको प्रभाव देखिएको छैन । यद्यपि १/२ महिनामा घरजग्गा कारोबारमा पनि यसको असर देखिन थाल्ने घरजग्गा व्यवसायीहरू बताउँछन् ।
निक्षेपको ब्याजदर घटेसँगै लगानीको अवसर बढ्ने हुँदा मन्दीको अन्तिम क्षण भएकाले पनि यसलाई ग्राहकले उपयोग गर्नुपर्छ ।
‘विगतका दिनहरू हेर्ने हो भने, हरेक १२ वर्षमा घरजग्गामा मन्दी देखा परेको छ । कोरोनाको महामारीले देखिएको मन्दी अब अन्तिम क्षणमा छ । सोहीकारण घरजग्गामा लगानी गर्नु यो सही समय भएकाले ग्राहकहरूले यो मौका छुटाउनै नहुने ‘एनरियो’का सचिव हमिद खानले बताए ।
कर्जाको ब्याज पनि घट्नेः
निक्षेप घटेसँगै कर्जाको ब्याज पनि घट्ने भएको छ । निक्षेपको ब्याज घट्दा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजमा पर्छ । निक्षेपको ब्याज घट्दा बैंकको लागत (खर्च) पनि घट्छ, जसले गर्दा निक्षेपको ब्याजदर घटेसँगै आधारदर (बेस रेट) पनि घट्छ ।
आधारदर (बेस रेट) कर्जाको ब्याज निर्धारण गर्ने आधार हो । यसअनुसार आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ भने बढ्दा बढ्छ ।
बैंकपिच्छे आधार दर फरकफरक रहेकाले यति नै दरमा कर्जाको ब्याजदर घट्यो भन्ने यकिन तथ्यांक नभए पनि प्रायः सबै बैंकमा ०.५० प्रतिशतले कर्जाको ब्याजदर घटेको जनाइएको छ ।
क्र.सं | बैंकको नाम | पुस महिनाको साधारण मुद्दति निक्षेपको ब्याजदर | माघ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर | समयावधि |
१. | एनआईसी एसिया बैंक | ८.६७ प्रतिशत | ८.०६५ प्रतिशत | नखुलेको |
२. | कुमारी बैंक | ९.३१ प्रतिशत | न्युनतम ६.५० प्रतिशतदेखि अधिकतम ८.११ प्रतिशत | _ |
३. | प्रभु बैंक | – | मुद्दतीतर्फ न्यूनतम ६.५६५ प्रतिशतदेखि अधिकतम ८.०६५ प्रतिशत ब्याजदर | _ |
४. | लक्ष्मी सनराइज बैंक | न्यूनतम ७.५० प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म | ९ प्रतिशत | _ |
५. | नेपाल बैंक लिमिटेड | ८.५५ प्रतिशत | ८ प्रतिशत | _ |
६. | राष्ट्रिय वाणिज्य बैंक | ८.६१ प्रतिशत | ८.०७ प्रतिशत | ३ महिनादेखि ५ वर्ष सम्म |
७. | नबिल बैंक | – | ८.१ प्रतिशत ६.६० प्रतिशत७.६ प्रतिशत | ३ महिनादेखि ६ महिना सम्म १ वर्ष सम्म |
८. | एभरेष्ट बैंक | ९ प्रतिशत | ब्याजदर ६.५० ७ प्रतिशत८ प्रतिशत |
३ महिनादेखि १ वर्ष सम्म१ वर्षदेखि २ वर्ष सम्म२ वर्षभन्दा बढी |
९. | एनएमबी बैंक | ९ प्रतिशत | ६ प्रतिशत७ प्रतिशत७.५० प्रतिशत | ६ महिनादेखि १ वर्ष सम्म१ वर्षदेखि २ वर्ष सम्म२ वर्षदेखि १० वर्ष सम्म |
१०. | प्राइम कमर्सियल बैंक | १० प्रतिशत | ८.१० प्रतिशत६.५० प्रतिशत७ प्रतिशत | १ वर्षभन्दा बढी सम्म ३ महिना सम्म६ महिनादेखि १ वर्ष सम्म |
११. | सानिमा बैंक | ९ प्रतिशत | ८.१५ प्रतिशत | _ |
१२. | ग्लोबल आइएमई बैंक | ८.६ प्रतिशत | ८.१० प्रतिशत | _ |
१३. | नेपाल एसबीआई बैंक | ९.६ प्रतिशत | ८.२५ प्रतिशत | _ |
१४. | हिमालयन बैंक | ८.६० प्रतिशत | ८.१५ प्रतिशत७.५०३ प्रतिशत७.७५ प्रतिशत | ९ महिना सम्म१ वर्षदेखि ५ वर्ष सम्म |
१५. | स्ट्याण्डर्ड चार्टर्ड बैंक | (८.५६ प्रतिशत) ५ वर्ष अवधि | ८.०७ प्रतिशत४.७५ प्रतिशत५ प्रतिशत | ३ महिनादेखि १ वर्ष सम्म१ देखि ५ वर्षको सम्म |
१६. | कृषि विकास बैंक | पुस महिनाकै ब्याजदरलाई निरन्तरता | ५.७६ प्रतिशत र ७.२६ प्रतिशत७.०१ प्रतिशत | ३ महिनादेखि ५ वर्ष सम्म १ वर्ष सम्म |