Featured

सीतापाइलामा आधुनिक तथा परम्परागत डिजाइनका ९ वटा घरहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । वृहत ग्रुपले ‘वृहत कम्युनिटी लिभिङ’ परियोजना अन्तरगत रामकोट सीतापाइलामा लग्जरियस घरहरू बिक्री गरिरहेको छ । जहाँ ३ आना ३ पैसा देखि ११ आनासम्म जग्गामा निर्माण भएका ८० युनिट घरहरू छन् । 

लग्जरियस लिभिङलाई लक्षित गरि निर्माण गरिएको यस कोलोनीमा आधुनिक र परम्परागत डिजाइनका बङ्लोहरू छन् । गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएका घरहरू भूकम्पप्रतिरोधक छन् ।

घरहरू जग्गाको आकार र प्रकृतिअनुसार निर्माण गरिएका छन् । 3BHK देखि 5BHK सम्मका घरहरू साढे दुई देखि ३ तलासम्मका छन् । 

सीतापाइलामा आधुनिक तथा परम्परागत डिजाइनका ९ वटा घरहरू बिक्रीमा

कोलोनीका प्रत्येक घरमा ब्रान्डेड सामानहरू प्रयोग गरिएको छ । जहाँ ज्यक्वर कम्पनीको बाथरुम फिटिङ र युपिभिसिका झ्यालहरू छन् । साथै फ्लोरहरूमा पार्केटिङ, मार्बल, लेमिनेटेड वुड, भर्याङमा स्टिल रेलिङ वुडन ट्रिम्बर फ्रेमिङ गरिएको छ भने बाथरुम र किचनमा टायलको प्रयोग गरिएको छ ।  

यस कम्युनिटीमा हाल ४ आना २ दाम देखि १० आना २ पैसा सम्म जग्गामा बनेका ९ वटा घरहरू बिक्रीमा छन् । हरेक घरले १४ सय वर्गफिट देखि २९ सय वर्गफिट क्षेत्रफल ओगटेका छन् । बिक्रीमा रहेका घरहरू फर्निस्ड तथा ननफर्निस्ड घरहरू 2BHK देखि 4BHK सम्मका छन् ।

सीतापाइलामा आधुनिक तथा परम्परागत डिजाइनका ९ वटा घरहरू बिक्रीमा

घरको साइज, जग्गाको फैलावट, अवस्थिति र डिजाइनको आधारमा घरको मूल्य निर्धारण गरिएको छ । जसअनुसार हाल बिक्रीका लागि रहेका घरहरूको मूल्य ३ करोड ५० लाख देखि ७ करोड ३१ लाखसम्म तोकिएको छ । 

कोलोनीमा उपलब्ध सुविधाहरूः 

यस कोलोनीमा शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत आवश्यकतालाई विशेष प्राथमिकतामा राखिएको छ ।

सीतापाइला धादिङ हाइवेसँग जोडिएको कोलोनी भित्र २० फिटको सडकको पहुँच रहेको छ । रिङरोडबाट २.४ किलोमिटरको दूरीमा अवस्थित कोलोनीमा जिम, स्विमिङ पुल, कम्युनिटी हल, फायर हाइड्रेण्ट सिस्टम रहेको छ । साथै अनुभवी सुरक्षा गार्डद्वारा चौबीसै घण्टा सुरक्षा, सीसीटीभीको समेत व्यवस्था गरिएको छ । पार्किङका लागि घरको फैलावट अनुसार एउटा गाडी देखि दुईवटा गाडी र केही बाइक पार्किङको व्यवस्था गरिएको छ । 

सीतापाइलामा आधुनिक तथा परम्परागत डिजाइनका ९ वटा घरहरू बिक्रीमा

सपिङ मल, बिग मार्ट, बैंक तथा एटीएम जस्ता सुविधाहरू पनि कोलोनी बाहिर थुप्रै रहेका छन् । 

वृहत कम्युनिटी लिभिङ’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It