काठमाडौं । स्विडेनमा विश्वकै सबैभन्दा ठुलो ‘वुडन सिटी’ अर्थात् काठको शहर निर्माण गरिने भएको छ । स्विडिस रियल स्टेट तथा डेभलपर कम्पनी एट्रियम जङ्गबर्ग (Atrium Ljungberg) ले उक्त शहर निर्माणको योजना बनाएको हो ।
स्विडेनको राजधानी स्टकहोमको सिक्लामा निर्माण हुन लागेको काठको शहर २.५ लाख वर्गमीटर क्षेत्रफलमा फैलने छ ।
सन् २०२५ देखि निर्माण सुरु हुने उक्त शहरमा करिब ११ हजार ५०० करोड क्रोना (स्विडिश मुद्रा) खर्च हुने कम्पनीको अनुमान छ ।
सामान्य शहरमा जस्तै अफिस, मल, रेष्टुरेन्ट, अपार्टमेन्ट रहने यो शहर २०२७ सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । जहाँ २ हजार वटा घर र ७ हजार अफिस बनाइनेछ ।
यहाँका संरचनाको निर्माणमा इन्जिनियर्ड काठको प्रयोग गरिने कम्पनीले जनाएको छ । इन्जिनियर्ड झट्ट हेर्दा सामान्य काठ जस्तै देखिने भएपनि सामान्य काठ चिपबोर्ड, प्लाई भन्दा बलियो हुन्छ ।
इन्जिनियर्ड काठ पुरानो काटिएको काठमा विशेष रसायन राखी कारखानाबाट तयार गरिन्छ । जसमा सामान्य काठको तुलनामा आद्रता प्रतिरोध क्षमता धेरै हुन्छ ।
यहाँका संरचनाको जगमा केही मात्रामा कंक्रिट र रडको प्रयोग गरिनेछ । यस परियोजनाले कंक्रीट र स्टिलका भवन निर्माणमा भन्दा कार्बन फुटप्रिन्ट ४०% कम हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।