काठमाडौं । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले व्यवसायीका लागि घरभाडामा छुट दिन माग गरेको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिले घरधनीसमक्ष घरभाडामा छुट दिन माग गरेको हो ।
समितिले आर्थिक मन्दीका कारण विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै घरभाडामा २५ देखि ५० प्रतिशतसम्म छुट दिन घरधनीलाई आग्रह गरेको छ ।
समितिले सम्झौताअनुररुप भाडा वृद्धिको समय आएको भएपनि त्यसलाई पछि सार्न र घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरेको छ ।
संकटको अवस्थामा विषम परिस्थितिबाट गुज्रिरहेका व्यवसायीको मर्का बुझिदिनु पर्ने समितिको माग छ । त्यस्तै, समयमा घरभाडा नतिरेको भन्दै व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्न समेत समितिले अनुरोध गरेको छ ।
आर्थिक मन्दीका कारण भाडा तिर्न नसकेर १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भइसकेको समितिले जनाएको छ । यस्तोमा घरधनीले राहतको प्याकेज ल्याई सहयोग गर्न समितिले माग गरेको छ ।
बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।