काठमाडौं । पछिल्लो समय झ्यालढोकामा पारदर्शी सिसाहरूको प्रयोग बढ्दो छ । सिसा हेर्दा आकर्षक हुनुका साथै प्रकाशको प्रवाहलाई पनि सन्तुलनमा राख्छ ।
आजको यस फोटो ग्यालरीमा चलनचल्तीका आकर्षक सिसाका डिजाइनहरू समेटिएको छ ।
१. स्लाइडिङ ग्लास डिजाइन
हिजोआज धेरै रुचाइएको यस्तो सिसा आल्मुनियम र युपिभीसिका झ्यालहरूमा प्रयोग हुन्छ ।
२. रिफ्लेक्टिभ ग्लास डिजाइन
धेरै प्रकाश भएपट्टिको दृष्यहरू छर्लंग देखिने यस्तो सिसा हिजोआज प्रायः घरहरूमा प्रयोग भएका छन् ।
३. टेक्स्चर ग्लास डिजाइन
विभिन्न आकृतिसहितको यस्तो सिसाले घरलाई आकर्षक लुक्स दिन्छ ।
४. केसमेन्ट ग्लास डिजाइन
यस प्रकारको ग्लास डिजाइन भेन्टिलेसन वा क्य्राङ्क झ्यालहरूमा प्रयोग गरिन्छ ।
५. इन्सुलेटेड ग्लास डिजाइन
यस प्रकारको सिसाले घरलाई जाडोमा न्यानो र गर्मीमा चिसो राख्न मद्दत गर्दछ ।
६. इचिङ ग्लास डिजाइन
टेक्स्चर ग्लास डिजाइन जस्तै देखिने यस प्रकारको ग्लास प्राय बाथरूम विन्डोहरूमा प्रयोग गरिन्छ ।
७. लो ई ग्लास डिजाइन
यस्तो सिसाले सुर्यबाट आउने विकिरणहरूलाई सोस्दछ ।
८. फ्रोस्टेड विन्डो ग्लास डिजाइन
यस्तो सिसा गोपनीयताका लागि प्रयोग गरिन्छ ।
बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।