News

सार्वजनिक जग्गा खोज्दै ललितपुर महानगरपालिका

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुर महानगरपालिकाले सार्वजनिक जग्गा खोजी अभियानलाई तीव्रता दिने भएको छ । महानगरअन्तर्गत रहेका, तर रेकर्डमा नरहेका कतिपय जग्गा व्यक्ति र विभिन्न संघ–संस्थाले दुरुपयोग गरेको भन्दै उजुरी परेपछि महानगरले जग्गा खोजी गर्न थालेको हो ।

हाल महानगरले वडा नम्बर १ देखि २९ सम्मका सबै सार्वजनिक जग्गाको क्षेत्रफल र अवस्थाको सुची तयार पारिरहेको छ । त्यसका लागि महानगरले समिति बनाएर काम गरिरहेको छ । 

ललितपुरमा कति सार्वजनिक जग्गा छ भन्ने यकिन तथ्याङ्क महानगरसँग छैन । जग्गा खोजीका क्रममा कतिपय जग्गा यकिन भइसकेको र केही पहिचानको प्रारम्भिक चरणमा रहेको महानगरले जनाएको छ । 

महानगरको चक्रपथ बाहिरका वडाहरूमा सार्वजनिक, पर्ती र ऐलानी जग्गा धेरै छन् । ती जग्गामा धेरैले आँखा लगाइरहेका छन् । कतिपय जग्गा व्यक्तिले समेत हडपिसकेका छन् । केहि राजनीतिक दलहरूबाट सार्वजनिक जग्गा प्रयोगका लागि दबाब आइरहेको महानगरले जनाएको छ । 

महानगरभित्रका सार्वजनिक जग्गा संरक्षण गरि महानगरले आवश्यकताअनुसार प्रयोग गर्ने जनाइएको छ । 

सार्वजनिक जग्गा कहिले नेता त कहिले संस्थाले माग्ने गरेका छन् । यद्यपि महानगरले विपद व्यवस्थतापनका लागि सार्वजनिक जग्गालाई सर्वसाधारणका निम्ति पार्क बनाएर प्रयोग गर्न सकिने जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It