काठमाडौं । वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किदा ४ जना घाइते भएका छन् । आइतबार दिउसो २ बजे अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किदा चार जना बिरामीका कुरुवा घाइते भएका हुन् ।
घाइते हुनेमा ३ जना महिला र एक पुरुष छन् । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किएर खसेको इँट्टाले हिँड्दै गरेकाहरूलाई लागेको थियो ।
घाइतेहरूको अवस्था सामान्य रहेको छ । लगातार वर्षाका कारण पुरानो इँट्टाको पर्खाल भत्किएको अस्पतालले जनाएको छ ।
पर्खालबाट केही इँट्टा आगन्तुकलाई ओत लाग्न र बस्न बनाइएको छाना माथि खसेको थियो । केही इँटा छाना प्वाल परेर तल झरेपछि कुरुवाहरू घाइते भएका हुन् । सो भवन २०३६ सालमा निर्माण भएको थियो ।
तस्वीरहरू हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस्