News

क्यानडामा विदेशी नागरिकलाई घर किन्न दुई वर्षका लागि प्रतिबन्ध, 

Pinterest LinkedIn Tumblr

काठमाडौं । क्यानडामा विदेशी नागरिकलाई घर किन्न दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ । कोरोना महामारी पछि घरको मूल्य बढेपछि सरकारले आइतबारबाट नयाँ ऐन लागू गरेको हो । यससँगै आप्रवासी र स्थायी भएर पनि क्यानडियन नागरिक नभएकाहरूले घर किन्न पाउनेछैनन् । 

घरलाई आवासिय प्रयोजनका लागि हेर्नुपर्ने भएकाले वस्तुका रुपमा लिने लगाननीकर्तालाई निरुत्साहित गर्न प्रतिबन्ध लगाइएको संघीय आवास मन्त्री अहमद हुसेनले एक विज्ञप्तिमा उल्लेख गरेका छन्  । प्रतिबन्धले अस्वभाविक रुपमा महंगीएको हाउजिङ मार्केटलाई सन्तुलनमा ल्याउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ । 

नयाँ ऐनले क्यानडियन नागरिकको स्वामित्वमा आवास सुनिश्चित गर्नेमा सरकार सकरात्मक देखिएको छ । २०२० को तथ्यांकअनुसार कुल घर मध्ये एक प्रतिशत घर विदेशी नागरिकको नाममा रहेको पाइएको छ । यद्यपि घरको मूल्य अत्यधिक भएका क्यानडाका दुई शहर ओन्टारियो र ब्रिटिश कोलम्बियामा ६ प्रतिशत भन्दा धेरै घरका मालिक गैरक्यानडियन भएको खुलेको छ । 

पछिल्लो तथ्यांक अनुसार क्यानडामा घरको औसत मूल्य ७ लाख ७७ हजार २ सय क्यानडियन डलर रहेको छ । जुन करबाहेक औसत घरायसी आयको ११ गुणा बढि हो ।  

पछिल्लो समय अन्य देशले पनि आवासिय हाउजिङलाई व्यवस्थित गर्न विदेशी नागरिकका लागि छुट्टै ऐन बनाएर शूल्कको मापदण्ड समेत निर्धारण गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It