बसोबास विक्ली राउण्ड अपः साताभरका रियल ईस्टेट तथा कन्स्ट्रक्सन सम्बन्धी समाचार र हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिहरू एउटै भिडिओमा ।
१. भाडाको घरमा बस्न थाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री पदबाट मुक्त भएसँगै काँग्रेस सभापति शेरबहादुर देउवा भाडाको घरमा बस्न थालेका छन् । बुढानिलकण्ठस्थित निजीनिवास पुनर्निर्माण भइरहेकाले बुधबार परिवारसहित बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट भाडाको घरमा सरेका हुन् । पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवा पछिल्लोपटक २०७८ साउन २९ गते प्रधानमन्त्री पदमा नियुक्त भई १८ महिना बालुवाटार बसे । देउवा बालुवाटारबाट सरेपछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन् ।
२. न्यूरोड क्षेत्रमा अवैध ढंगले पार्किङको शुल्क उठाउँदै ह्विल्स कम्पनि
यतिबेला काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध ढंगले पार्किङको शुल्क उठाएको विषय बाहिरिएको छ । महानगरले पार्किङका लागि अनुमति दीएको क्षेत्रमा शुल्क नलाग्ने भएपनि ह्विल्स कम्पनिले प्रतिघण्टा २५ रुपैया उठाइरहेको पाइएको हो । यद्यपि शुल्क तिरेअनुरुप सुविधा पनि नपाएको सेवाग्राहीको गुनासो छ । फिल्डमा खटीएका ह्विल्सका कर्मचारी भने आफूहरू नयाँ भएकोले कम्पनि र स्वयम् आफ्नो तलबबारे समेत बेखवर रहेको जताइरहेका छन् । यता महानगरले भने केही समयअघि सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गराएको थियो ।
३. केन्द्रीय प्रसारण लाइनमा जोड्ने विद्युत प्रसारण लाइन निर्माणको काम तीव्र
रसुवा र नुवाकोट जिल्ला उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने विद्युत प्रसारण लाइन निर्माणको कामले गति लिएको छ । आइतबार निर्माणाधिन स्थलगत निरीक्षणका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जिल्लामा रहेका विद्युत् आयोजना, प्रसारण लाइन र अन्य संरचना निर्माणलाई तीव्रता दिन सरोकारवालालाई आग्रह गरेका छन् । चिलिमे हबदेखि त्रिशूली हबसम्म २७ किलोमिटर लामो राष्ट्रिय प्रसारण लाइनको निर्माण कार्य सुस्त भएकाले कामलाई तिब्रता दिन निर्देशन दिएका छन् । दुवै आयोजनाका लागि चिलिमेको थाम्वुचेतमा एउटै हव बनाई नुवाकोटको सलाखु दोभानमा रहेको विद्युत केन्द्रबाट राष्ट्रिय विद्युत् प्रसारण लाइनमा पठाइने प्राधिकरणले जनाएको छ । सलाखु दोभानमा प्राधिकरणले ताडी, त्रिशूली–३ ‘बी’, रसुवागढी, साञ्जेन, माथिल्लो त्रिशूली–१, लाङटाङखोला, सुपर मैलुङ, माथिल्लो मैलुङ र लाङटाङ भोटेकोशी आयोजनाबाट करिब ६०० मेगावाट विद्युत् संकलन गर्ने तयारी गरेको छ ।
४. केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन टोली नेपालमा
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली मंगलबार काठमाडौं आइपुगेको छ । चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली आएको रेल विभागले जनाएको छ । रेलमार्ग अन्तरगत रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने र ९८ प्रतिशत पहाड छेड्न पर्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । बाँकीको अध्ययन पनि चीन सरकारले नै गर्नेगरी चिनियाँ प्राविधिकको टोली नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ । रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान छ । रेलमार्गका सम्बन्धमा यसअघि नै दुई देशका उच्च अधिकारीबीच सहमती भइसकेको भएपनि कोभिडका कारण थप प्रकृया अघि बढ्न सकेको थिएन ।
५. सूर्यविनायक-धुलिखेल दोस्रो खण्डको ठेक्का लाग्यो
सूर्यविनायक-धुलिखेल सडक विस्तारको कामले तिब्रता पाउने भएको छ । प्रस्तावित योजना अन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक-साँगाका लागि निर्माणको ठेक्का आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले पाएको हो । सडकखण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा लाग्ने कम्पनीले जनाएको छ । प्रतिवेदन अनुसार सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तार गर्न साढे चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । यसमा ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनु पर्नेछ । आयोजनाको पहिलो खण्ड साँगा-धुलिखेल सडक विस्तार गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा लामा कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो ।
६. वन निर्देशनालयको भवन भत्काउन हर्क साङपाङको चेतावनी
धरानका मेयर हर्क साम्पाङले प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य रोक्न सूचना जारी गरेका छन् । धरान उपमहानगरपालिका– १५ तीनकुनेमा नक्सा पास नगरी भवन निर्माण गरेको भन्दै उपमहानगरपालिकाले निर्माण रोक्ने आग्रहसहितको सूचना टाँसेको हो । सूचनामा उपमहानगर क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा पुरा गर्नुपर्ने कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रक्रियामा आउन भनिएको छ । अन्यथा अवैध संरचना हटाउनुपर्ने नियमअनुसार कारबाही अघि बढाइने व्यहोरा सूचनामा उल्लेख छ ।
नियमित श्रृंखला- ‘प्रपर्टि अफ द विक’
- हात्तिवनस्थित सुन्दर आवासिय घर बिक्रीमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यस साता हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिको रुपमा हात्तिबनको सुन्दर आवासिय घर रहेको छ । LA स्कुल नजिकैको यो घर चार आनामा बनेको छ । जहाँ तपाईंले १३ फिटको रोड एक्सेस पाउनुहुन्छ । २४ सै घण्टा पानी, बत्ती र ढल निकास लगायतका सुविधा भएको 5BHK घरमा एउटा कार र केहि बाइक पार्किङ क्षमता रहेको छ । र यो घरको मूल्य ३ करोड २५ लाख तोकिएको छ ।
- हात्तिवनस्थित सुन्दर आवासिय घर बिक्रीमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
त्यसैगरी हाम्रो वेबसाइटमा लिस्टेड दोस्रो प्रपर्टी पनि हात्तीवनमै रहेको छ । LA स्कूलबाट नजिकै रहेको यो सुन्दर घर ३ आना १ पैसा जग्गामा बनेको छ । १३ फिटको रोड एक्सेस भएको यस घरमा एउटा कार र केहि बाइक पार्किङ गर्न सकिन्छ । पानी, बिजूली तथा ढल निकासलगायत विभिन्न आधुनिक सुविधायुक्त यस घरको मूल्य २ करोड ९० लाख तोकिएको छ ।