News

उडानको तयारीमा पोखरा अन्तराष्ट्रिय विमानस्थल, वार्षिक ८० लाख यात्रु लाभान्वित हुने

Pinterest LinkedIn Tumblr

काठमाडौं । लामो समयदेखि निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि तयारी भइरहेको छ । अंग्रेजी नयाँ वर्ष २०२३ अर्थात् यहि पुष १७ गते अन्तराष्ट्रिय उडानको तयारी बुद्ध एयरले गरिरहेको छ । 

पहिलो उडान अनुमतिका लागि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । पोखरा क्षेत्रीय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि कम्पनीले तयारी सुरु गरिसकेको छ । 

सरकारले १ जनवरी देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गर्ने निर्णय गरेसँगै पोखराबाट भारतको बनारसमा पहिलो उडान गर्ने बुद्ध एयरले तयारी गरिरहेको थियो । 

पोखरा क्षेत्रीय विमानस्थलबाट बुद्ध एयरले पोखरा-बनारस-पोखरा, पोखरा-दिल्ली-पोखरा र पोखरा-देहरादुन-पोखरा गरी तीन सेक्टरमा उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुने छ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तरराष्ट्रिय उडान र अवतरण हुनेछ । यद्यपि आन्तरिक उडान र अवतरण धावनमार्गको दुवैतर्फबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

विमानस्थलबाट उडानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्सको चासोः

सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय विमानस्थलबाट हुने उडानमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी उत्साहित देखिएका छन् । विमानस्थलबाट उडान गर्न छिमेकी मुलुक भारत र चिनियाँ एयरलाइन्स चासो देखाएका छन् । 

यो पनि पढ्नुहोस्ः

नवनिर्मित अन्तरराष्ट्रिय विमानस्थल उडानको तयारीमा, पोखराको पहिचान प्याराग्लाइडिङ संकटमा पर्न सक्ने

नेपाली वायुसेवा कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिसकेका छन् । त्यस्तै, अन्तर्राष्ट्रियतर्फ कतारको जजिरा एयरवेजले उडान सञ्चालन गर्न इच्छुक रहेको जनाएको छ ।

साना-ठूला गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको  विमानस्थलबाट दैनिक ४८ आन्तरिक र ६ अन्तर्राष्ट्रिय उडान गर्ने क्यानले तयारी गरिरहेको छ । विमानस्थलबाट वार्षिक ८० लाख यात्रुले सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It