News

युक्रेनमा बाँध भत्किँदा ८० वटा शहर प्रभावित

Pinterest LinkedIn Tumblr

काठमाडौं । रुसको नियन्त्रणमा रहेको युक्रेनको ‘नोभा काखोभका’मा बाँध भत्किएको छ । बाँध भत्किएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताए ।

बाँधले मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।

युक्रेनमा बाँध भत्किँदा ८० वटा शहर प्रभावित

हाल रूसको नियन्त्रणमा रहेको ‘नोभा काखोभका’ युक्रेनको सबैभन्दा ठूलो बाँध मध्ये एक हो । सन् १९५६ मा निर्माण भएको उक्त बाँध ३० मिटर अग्लो, ३.२ किलोमिटर लामो र १८ वर्ग किलोमिटरमा क्षेत्रमा फैलिएको छ ।

बाँधको करिब १९ मिलियन घन लिटर पानी बहन क्षमता रहेको थियो । डिनिप्रो नदीमा बनेको यो बाँध जलविद्युत, सिँचाइ र यातायातका लागि प्रयोग गरिँदै आएको थियो ।

जेपोरेझिया आणविक ऊर्जा संयन्त्रलाई पनि पानी आपूर्ति गराउने बाँधले आणविक संयन्त्रलाई चिसो राख्न मद्दत गरिरहेको थियो । 

बाँध भत्किएर जलविद्युत् आयोजना बन्द हुँदा युक्रेनको खेरसन क्षेत्रका साथै क्रिमिया पानी आपूर्ति र ऊर्जाको समस्या बढ्ने देखिएको छ । बाँधले युक्रेनको खेरसन क्षेत्रका साथै क्रिमियालाई पानी आपूर्ति हुन्थ्यो । 

युक्रेनमा बाँध भत्किँदा ८० वटा शहर प्रभावित

हालको युद्धमा खेरसन क्षेत्र रुसको कब्जामा पुगेको थियो भने क्रिमिया सन् २०१४ देखि कब्जामा छ । 

बाँध भत्किएपछि युद्धले ग्रसित युक्रेनको समग्र अर्थतन्त्रमा थप ठूलो असर पर्नसक्ने देखिन्छ । यसअघि सन् २०२२ मा यसै बाँधसँग जोडिएको पुलमा आक्रमण हुँदा पुल भाँचिएको थियो ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It