News

सिरहाका ५० परिवारले पाए लालपुर्जा

Pinterest LinkedIn Tumblr

काठमाडौं । सिरहा जिल्लामा पुस्तौँपुस्तादेखि भोगचलन गर्दै आएका जग्गाधनीलाई प्रमाणपत्र लालपुर्जा वितरण गरिएको छ । नापी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका वडा ६, ७ र ८ का एक सय ५० परिवारलाई लालपुर्जा वितरण गरेको हो । 

बाँकी वडालाई सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने कार्यालयका नापी टोलीले जनाएको छ ।

वर्षौँदेखि लालपुर्जा विहीन जग्गाधनीले पुर्जा पाएकोमा खुसी व्यक्त गरेका छन् । 

नापी कार्यालय मिर्चैयाले ०६३ सालदेखि सिरहामा जग्गाको नापजाँच गर्दै आएको थियो । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It