News

रेडियो नेपालको ४२ रोपनी जग्गा प्राधिकरणको नाममा होला त !

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको खुमलटारस्थित रेडियो नेपालको ४२ रोपनी जग्गामा प्राधिकरणको भवन निर्माणमा चुनौति देखिएको छ । स्थानीयले विरोध जनाएपछि जग्गा नामसारीमा नै समस्या उत्पन्न हुने देखिएको हो ।

स्थानीयको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोशिमा कार्कीले प्राधिकरणको वाल र भवन बनिसकेको अवस्थामा पनि भत्किन सक्ने बताएकी छन् । त्यो स्तरसम्म स्थानीय जनता जानुहुन्छ भने आफूले रोक्न नसक्ने उनको भनाइ छ । 

हिजोको दिनमा जग्गा लिजमा लिएर हुन्डाईले पर्खाल खडा गर्दा स्थानीय गएर भत्काएको स्मरण गर्दै कार्कीले स्थानीयको सहमति बिना भवन निर्माण नगर्न सरकारलाई आग्रह गरेकी छिन् । 

वरपरका जनताले अनुमति नदिएसम्म भवन बनाउन नमिल्ने हुँदा स्थानीयकै निर्णयअनुसार सो जमिनमा प्राधिकरणको भवन बन्नबाट रोक्न वा सहजीकरण सम्भव हुने कार्कीको भनाइ छ ।

एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई जग्गा बेच्न नपाउने तर हस्तान्तरण सम्म हुन सक्छ । जुन प्रयोजनका लागि लिइएको थियो, सोहीअनुरूप उपयोग हुनुपर्ने र प्रयोजन नै समाप्त भइसकेको हो भने त्यो जग्गा स्पष्ट रूपले खाली हुनुपर्ने स्थानीयको माग छ ।

१२ असारको मन्त्रिपरिषद्‌ बैठकले रेडियो नेपालको खुमलटारस्थित करिब ४२ रोपनी जग्गा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई दिने निर्णय गरेको थियो । जग्गाको हक हस्तान्तरणका लागि प्राधिकरणले प्रतिआना ४० लाख रुपैयाँका दरमा रेडियो नेपाललाई रकम भुक्तानी गर्नेछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It