News

विपतपुरका २७ परिवारले पाए नयाँ पक्की घर

Pinterest LinkedIn Tumblr

काठमाडौं । कैलालीमा मुक्तकमैया बस्तीका २७ परिवारले नयाँ पक्की घर पाएका छन् । कैलारी गाउँपालिका– ७ विपतपुरका आगलागी पिडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले घर निर्माण गरिदिएका हुन् ।

भाद्र २५ गते सोमबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले संयुक्त रुपमा आवास हस्तान्तरण गरेका थिए ।

२०७९ साल वैशाख ११ गतेको आगलागीबाट विपतपुरका २७ घर जलेर नष्ट भएका थिए । गहुँको नलमा लगाएको आगो दिउँसोको समय बस्तीमा सल्केको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार र हेबिटेट नेपालको साझेदारीमा घर निर्माण गरी मुक्तकमैया परिवारलाई हस्तान्तरण गरिएको हो । 

प्रदेश सरकारको ९० लाख रुपैयाँ, हेबिटेट नेपालको ५४ लाख रुपैयाँ र समुदायको ३८ लाख ७८ हजार रुपैयाँको श्रमदान गरी एक करोड ८२ लाख ७८ हजारको लागतमा पक्की घरहरू निर्माण गरिएको हो । 

भवनसंहिता अनुसार घर निर्माण गरिएको नयाँ पक्की भवनमा सीएसइबी इन्टरलकिङ् ब्लक प्रयोग गरिएको छ ।

हालसम्म मन्त्रालय र हेबिटेटको साझेदारीमा अहिलेसम्म सुदूरपश्चिममा ८४ घर निर्माण भइसकेका छन् ।

कैलालीको भजनी नगरपालिकामा राजी समुदायका २५, विपदपुरमा मुक्तकमैयाका २७, कञ्चनपुरको बेदकोट नगरपालिकाकामा भूमिहीन, दलित, मुक्तकमैयाका २५ र डोटीमा मुक्तहलियाका सात घर निर्माण भएका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It