Property

सिनामङ्गलमा १३ हजार वर्गफिट अफिस स्पेस भाडामा

Pinterest LinkedIn Tumblr

काठमाडौं । सिनामङ्गल, काठमाडौंस्थित व्यवसायिक भवन भाडामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको उक्त भवनमा एयरलाइन्स, कार्गो कम्पनी, आईटी हब र वित्तीय संस्थाहरू जस्ता व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

विमानस्थल भन्सार कार्यालय नजिकै सो भवन २२ आना जग्गामा बनेको छ । ७ हजार ५ सय वर्गफिट क्षेत्रमा फैलिएको भवनका पाँच वटा तलाहरूमा करिब १६ हजार वर्गफिट स्पेस छ ।

सिनामङ्गलमा १३ हजार वर्गफिट अफिस स्पेस भाडामा

हाल भुइँतला, पहिलो, दोस्रो र तेस्रो तला गरि जम्मा ४ वटा तला भाडाका लागि उपलब्ध छन् । प्रत्येक तलामा ३३ सय वर्गफिट स्पेस उपलब्ध छन् । उत्तरपूर्वी मोहडाको यस भवनको मुख्य प्रवेशद्वार उत्तरमा रहेको छ । 

भवनमा पानी, बिजुली र ढलनिकास जस्ता आधारभूत सुविधा छन् । साथै चौबीसै घण्टा सेक्युरिटी गार्ड, १० जनासम्म क्षमता भएको लिफ्ट, फायर हाइड्रेन्ड सिस्टम, विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन, ट्रान्सफर्मर, जेनरेटर र फिल्ट्रेसन प्लान्ट सिस्टम आदि सेवा उपलब्ध छन् । 

सिनामङ्गलमा १३ हजार वर्गफिट अफिस स्पेस भाडामा

रिङरोडको छेवैमा रहेको टावरसँग २० फिट फराकिलो सडक जोडिएको छ । भवनमा २० देखि २५ वटा सम्म कार अट्ने बेसमेन्ट पार्किङ उपलब्ध छ । 

व्यापार तथा व्यवसाय सञ्चालनका लागि निकै पायक पर्ने स्थानमा रहेको यस स्पेसको भाडा प्रति वर्ग फिट १२४ रुपैयाँ रहेको छ ।

सिनामङ्गलमा १३ हजार वर्गफिट अफिस स्पेस भाडामा

‘सिनामंगलस्थित भवन’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It