News

१२३ रोपनी सार्वजनिक जग्गा महानगरको संरक्षणमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ । सामाजिक सञ्जालमार्फत फेसबुक मार्फत् एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको बताएका हुन् । 

सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा महानगरले सो जग्गा संरक्षण गर्न सफल भएको हो । 

स्थानीय तहको निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गर्दै जाने क्रममा सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको मेयर शाहले बताए ।   

घोषणापत्रमा उल्लेख भएअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिएका पसल हटाउने र त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको मेयर शाहले उल्लेख गरे ।  

साथै, शारीरिक तन्दुरुस्ती, सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कको निर्माणको काम पनि उल्लेख्य रूपमा भएको बताए ।

१२३ रोपनी सार्वजनिक जग्गा महानगरकाे संरक्षणमा

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It