Research

किन खाली भए जापानका ९० लाख घरहरू ? यस्ता छन् ४ मूख्य कारणः

Pinterest LinkedIn Tumblr

काठमाडौं । जापानमा सन् २०२३ को अक्टोबर सम्ममा ९० लाख घर खाली भएको पाइएको छ । जापानीज आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टमा उल्लेख भएअनुसार कूल घरहरूमध्ये १३.८ प्रतिशत घर खाली भएका हुन् ।

यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएको भन्दा पाँच लाख १० हजारले बढेको छ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त खाली रहेको रिपोर्टले पुष्टि गरेको छ । खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने ३ लाख ३० हजार बिक्रीका लागि छन् । 

त्यसैगरी ३ लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका ३ लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् । 

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच/पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ । सन् १९७३ मा खाली घरहरूको संख्या १ लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो । 

मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९३ मा यो सङ्ख्या बढेर ४ लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो सङ्ख्या बढेर दोब्बर भएको छ । 

विदेशमा सन्तान भएका वृद्धवृद्धाको मृत्यूपछि खाली रहने गरेको स्रोतले जनाएको छ । त्यसैगरी घर खाली हुनुको अर्को कारण भनेको सन्तान नभएकाहरू वृद्धाश्रममा बस्दा तथा मृत्युपछि उनीहरूको स्वामित्वमा रहेका घरहरू खाली भएका हुन् ।  

किन घर खाली हुँदै गए लाखौँको संख्यामा घरहरू ?

जापानको आवासिय संरचना नीतिः

दोस्रो विश्वयुद्धपछि जापानले तीव्र गतिमा प्रगति गर्न थाल्यो । आफ्ना नागरिकलाई सुविधा दिन सरकारले जनतालाई सहरतर्फ आकर्षित गर्ने योजना बनायो । त्यसैले सरकारले सहरी क्षेत्रमा नयाँ घर किन्नेलाई करमा छुट दिने कानुन बनाएको छ । निर्माण सामग्रीमा पनि कर छुट दिएका कारण जापानमा नयाँ घर बनाउनु सस्तो पर्छ । जसले गर्दा मानिसहरू शहरमा बस्न थाले र गाउँमा बनेका घरहरू खाली हुन थाले ।

अर्कोतर्फ जापानको कानुनमा खाली जग्गाको तुलनामा संरचना निर्माण भएको स्थानको कर कम लाग्छ । कर बढी तिर्नु नपरोस् भन्नकै लागि घर भत्काउनुको साटो खाली छाडिदिनु घरधनीका लागि फाइदाजनक हुन्छ । त्यसैले घरधनीहरू घर भत्काएर जमिन खाली गराउन चाहँदैनन् ।

जनसंख्या नियन्त्रणको योजनाः

अर्कोतर्फ जापान सरकारले थौरै जनसंख्या हुँदा जनताहरूलाई सेवासुविधा उपलब्ध गराउन सकिने भन्दै जनसंख्यामा नियन्त्रण गर्ने योजना बनायो । योजनाको लाभ उठाउन सर्वसाधरणले सन्तान जन्माउन छाडे । जापानमा महिलाहरूको प्रजननदर केवल १.३ प्रतिशत रहेको छ । सन् २०१० मा जापानको जनसंख्या करिब १३ करोड थियो भने त्यसयता जनसंख्यामा लगातार गिरावट आइरहेको छ । त्यहाँको जनसंख्या वार्षिक ३२ प्रतिशतले घट्ने र सन् २०६० सम्ममा ८ करोडमा अनुमान छ । जापानको कूल जनसंख्याको ३० प्रतिशत मानिसको उमेर ६५ वर्षभन्दा धेरै छ । 

जापानको स्वस्थ जीवनशैली तथा उत्कृष्ट स्वास्थ्य सेवाको कारण मानिसहरूको औसत आयु ८० वर्षभन्दा धेरै छ । तर जन्मदर भने कम छ । जनसंख्या घटेसँगै घरको आवश्यकता पनि कम हुँदै गएको छ । जापानमा अहिले धेरैजसो घरपरिवारमा एक वा दुई जना मात्र बस्छन् । जापानी घरको आकार पनि घटेको छ ।

हाल जापानमा जनसंख्याको अधिकांश हिस्सा सहरमा बस्दछन् । पछिल्ला केही वर्षदेखि जापानको घरजग्गा क्षेत्रमा मन्दी छाएको छ । फलतः जापानमा लाखौं घरहरू खाली भइरहेका छन् ।

धार्मिक आस्था 

जापानमा वर्षौं पुराना घरहरू छन् । जसलाई मानिसहरुले आफ्ना पुर्खाको सरसामानहरू सजाएर राख्छन्, जसलाई उनीहरू आफ्ना पुर्खाको बौद्ध अवतार पनि भन्दछन् । साथै पुर्खाहरूको आत्मा सो घरमा बस्ने मान्यता पनि रहेको छ । 

रोजगार तथा उच्च शिक्षाको अभाव 

खाली घरहरूको संख्या बढ्नुमा ग्रामीण क्षेत्रमा रोजगारीको कमी समेत एउटा प्रमुख कारण रहेको छ । ग्रामीण क्षेत्रमा रोजगार तथा उच्च शिक्षाको पर्याप्त अवसर छैन । त्यसैले युवापुस्ता टोकियो तथा ओसाका जस्ता ठूला शहरतर्फ आकर्षित भइरहेका छन् । 

जापान सरकारले टोकियोमा भीडभाड कम गर्न सन् २०२३ को जनवरीमा सरकारले राजधानी बसिन्दाहरूका लागि टोकियो छाडेर ग्रामीण क्षेत्रमा बस्न चाहेमा परिवारलाई प्रति सन्तान १० लाख येन अर्थात् ७ हजार डलर प्रदान गर्ने प्रस्ताव राख्यो । तर त्यसका लागि परिवारको कम्तिमा एक सदस्यको जागिर हुनुपर्ने र ग्रामीण क्षेत्रमा आफ्नो व्यापार सुरु गर्ने बाचा गर्नुपर्ने सर्त राखियो । यदि त्यसरी रकम लिएर गाउँमा गएका परिवारहरू पाँच वर्षअघि नै सहर फर्किएमा उनीहरूले त्यसरी लिएको १० लाख येन पूरै फिर्ता गर्नुपर्ने भनियो । यद्यपि उक्त योजना सफल हुन भने सकेन ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It