Vaastu

वास्तुका यी आधारभूत सुझाव पालना गर्दा घरमा कहिल्यै धनसम्पती र सुखशान्ति को कमी हुँदैन।

Pinterest LinkedIn Tumblr

काठमाडौं । प्रायजसो घरनिर्माण तथा खरीद गर्दा वास्तु हेराउने चलन छ । यो एउटा पुरानो विधि हो, जुन उचित तरिकाले घरको संरचना बनाउनका लागि अपनाउने गरिन्छ । घर कसरी बनाउने, कोठाहरूको विभाजन कसरी गर्ने, शयन कक्षको उपयुक्त दिशा कुन हो, झ्यालढोकाको रखाइ लगायतको जानकारी हुनका लागि वास्तु शास्त्रको राम्रो ज्ञान हुन जरुरी छ ।

vastuघरको बनावट र डिजाइनका आधारमा त्यसको गुणस्तर थाहा पाउन सकिन्छ । घर बनाउँदा ध्यानमा नराखी नहुने केही कुराहरू छन् । जसमा माटोको प्रकृति, घरको आसपासमा बहने हावा, झ्यालढोकाको दिशा निर्धारण र प्रकाश आदि पर्दछन् । यी कुराहरूलाई कतिपयले अन्धविश्वासको रुपमा पनि व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तुको उचित उपयोग गरी बनाइएको घरमा राम्रो र सौहार्द वातावरण सिर्जना हुने हुँदा वास्तुको उपेक्षा नगर्नु नै बुद्धिमानी हुन्छ ।

घर बनाउँदा उपयुक्त जमिनको छनौट गर्नु कम चुनौतिपूर्ण काम भने होइन । यस्तोमा घर बनाउँदा मात्रै नभएर बसोबास र व्यापारसँग सबै किसिमका काममा वास्तुलाई ध्यानमा राख्नु औचित्यपूर्ण हुन्छ । वास्तु विज्ञानले घरनिर्माणमा सुझाएका केही उपाएहरू लाई संक्षेपमा यसरी हेर्न सकिन्छः

  • पर्याप्त मात्रमा प्रकाश छिर्ने र हावाको आवतजावत राम्रो हुने ठाउँको चयन गर्ने ।
  •  भान्साकोठा घरको आग्नेय कोणमा हुनुपर्दछ । साथै खाना खाँदा पूर्व र उत्तर दिशामा फर्किनाले सकारात्मक ऊर्जाको सञ्चार हुन्छ । 
  • शयनकक्ष अर्थात् सुत्ने कोठामा बेड दिशा अनुरुप राख्नुपर्दछ । उदाहरणका लागि; सुत्दा खुट्टा ढोका पट्टि पार्न हुँदैन । त्यसैगरी सिरानी दक्षिण दिशामा पर्नेगरी बेड राख्दा राम्रो हुन्छ । 
  • शौचालय सँधै घरको पश्चिम दिशामा हुनुपर्दछ । 
  • ढलनिकास, वर्कसप, खोँच, होहल्ला हुने किसिमका स्थानमा पनि घर बनाउनु उपयुक्त हुँदैन । 
  • त्रिभुजाकार जग्गा किन्नु राम्रो हुँदैन । सकेसम्म एकातर्फ चौडा भइ फुकेको र अर्कोतर्फ साँघुरो भएको जग्गा नलिने । 
  • भान्साकोठा, पर्खाल र बगैंचा आदि मूलढोकाको सामुन्नेमा नबनाउने । 
  • सार्वजनिक पानी ट्याङ्कीको नजिकमा घर नबनाउने । 
  • दुई ठूला घरको बीचमा सानो घर बनाएर बस्दा पनि धेरै खतरा हुन्छ । 
  • सडकको छेउ, सार्वजनिक स्थलहरूमा घर बनाउनु उपयुक्त हुँदैन ।

 वास्तु सम्बन्धी थप जानकारीका लागी तलका लिङ्कमा क्लिक गर्नुहोला:

प्रतिक्रिया दिनुहोस्
Pin It