Research

घरजग्गा बजारमा सेवाग्राहीको व्यवहार र बजार प्रवृत्ति विश्लेषणः पौष २०८०

बसोबास नेपालद्वारा प्रकाशित घरजग्गाको कारोबार सम्बन्धी 'मासिक प्रतिवेदन'ले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थासम्बन्धी सूक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।
Pinterest LinkedIn Tumblr

विषयसूची

परिचय (Introduction)

यो घरजग्गाको कारोबार सम्बन्धी मासिक प्रतिवेदनको पहिलो संस्करण हो । यस प्रतिवेदनमा सेवाग्राहीले उच्च प्राथमिकता दिएका स्थानहरू, बजार प्रवृत्ति (market trend), प्रपर्टि मूल्य, र सेवाग्राहीको व्यवहारमा दृष्टिगत गर्दै घरजग्गा बजारलाई आकार दिने प्रमुख पक्षहरूको खोजी गरिनेछ । यस प्रतिवेदनले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थालाई सूक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।

प्रतिवेदनमा समाविष्ट विवरणहरू बसोबास डटकम तथा अन्य घरजग्गाका अनलाइन प्लेटफर्म र बसोबासको सेल्स टिमबाट संकलित तथ्यांक र अभ्यासमा आधारित छन् । बसोबासको सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई सरकारले जारी गरेका घरजग्गा सम्बन्धी तथ्यांकसँग तुलनात्मक अध्ययन गरी व्यवहारिक निचोड निकालिएको छ । 

भूमि सुधार तथा मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, वित्तिय संस्था तथा वाणिज्य बैंकलगायतका आधिकारिक स्रोतबाट प्रक्षेपित तथ्यांकका आधारमा तयार गरिएको यो सामग्री बैंक तथा वित्तिय संस्था, सेवाग्राही, डेभलपर र एजेन्सीलगायत अन्य सरोकारवाला निकायका लागि सान्दर्भिक हुनेगरि तयार पारिएको छ ।

यस प्रतिवेदनमा गत पौषमा बसोबाससँग जोडिएका सेवाग्राही र उनीहरूको मागमा आधारित छ । जसमा घरजग्गा खोजीरहेका ५०९ जना नमूना सेवाग्राहीहरू समावेश छन् । यो नमुना तथ्यांकका आधारमा निकालिएको तथ्यांक वास्तविक आंकडासँग मिल्दोजुल्दो छ ।

उद्देश्यहरू (Objectives):

  • नेपालको घरजग्गा बजारको वास्तविक अवस्था विश्लेषण र सेवाग्राहीको माग पत्ता लगाउनु,
  • बसोबास डटकमसँग सम्बन्धित नमूना खरिदकर्ताबाट सेवाग्राहीको व्यवहार विश्लेषणको मूल्याङ्कन गर्नु,
  • घरजग्गा बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने वित्तीय गतिविधिसँग सम्बन्धित तथ्याङ्क प्राप्त गर्नु ।

१. सेवाग्राहीको व्यवहार विश्लेषण (Buyer Behavior Analysis)

१.१ सेवाग्राहीबाट प्राप्त सोधपुछको अवस्थाः

‘सेवाग्राहीको व्यवहार विश्लेषण’ प्रतिवेदन पौष महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछमा आधारित छ । विभिन्न स्थानमा विभिन्न प्रकारका प्रपर्टिका लागि ५ सय ९ जनाबाट प्राप्त भएको विवरणलाई यस प्रतिवेदनमा समावेश गरिएको छ । जसको विस्तृत जानकारी निम्नानुसार छः

सेवाग्राहीको मागसंख्याप्रतिशत (%)
घर २२१४४ %
जग्गा५३१० %
अपार्टमेन्ट२१४ %
व्यवसायिक भवन१२२ %
प्रपर्टि भाडामा२०२४० %
कूल५०९१०० %
तालिका नं. १

सेवाग्राहीबाट प्राप्त सोधपुछलाई वृतचित्रमा प्रस्तुत गर्दाः

वृत्तचित्र नं. १

वृत्तचित्र नं. १ मा देखाइएको अनुसार, पुसको मासिक अनुसन्धानमा सेवाग्राहीले खोजेका प्रपर्टिका प्रकार निम्नानुसार छन्ः 

कुल सोधपुछमध्ये अधिकतम ४४ प्रतिशत शेयर आवासीय घरका लागि पाइएको छ । न्यूनतम २ प्रतिशत व्यवसायिक भवनका लागि सोधपुछ भएको पाइएको छ । त्यस्तै; भाडा, जग्गा, र अपार्टमेन्टका लागि प्राप्त सोधपुछले क्रमशः ४०, १० र ४ प्रतिशत शेयर ओगटेको छ ।

१.२ प्रपर्टिका प्रकार (आवासीय, व्यवसायिक, जग्गा, आदि ) अनुसारको मूल्यदर (Pricing according to property type; residential, commercial, land, etc.)

क. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका घरका मूल्यदरको प्रतिनिधित्व गर्दछ ।

मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत (%)
१ – २१०
२ – ३९०४१
३ – ४७०३२
४ – ५२०
५ – ६१५
६ >१६
कूल२२११००
तालिका नं. २

सेवाग्राहीको सोधपुछबाट प्राप्त घरका मूल्यदरलाई लेखाचित्रमा प्रस्तुत गर्दा;

लेखाचित्र नं. १

लेखाचित्र नं. १ मा देखाइएको अनुसार, पुसको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका घरको मूल्यदर निम्नानुसार छन्ः 

अधिकतम शेयर ४१ प्रतिशत (२–३) करोड खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ४ प्रतिशत (१–२) करोड खण्डले ओगटेको छ । त्यस्तै; (३–४), (४–५), (५–६) र (६≥) करोड खण्डले क्रमशः ३२ प्रतिशत, ९ प्रतिशत, ७ प्रतिशत र ७ प्रतिशत शेयर पाएका छन् ।

ख. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका जग्गाको मूल्यदरको प्रतिनिधित्व गर्दछः

जग्गाको मूल्यदर (लाखमा)सोधपुछ संख्याप्रतिशत(%)
< २०१२२३
२० – ४०१६३०
४० – ६०११२१
६० – ८०१७
८० >
कुल५३१०० 
तालिका नं. ३

माथिको तालिकालाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. २

लेखाचित्र नं. २ मा देखाइएको अनुसार, पुसको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका जग्गाको मूल्यदर निम्नानुसार छन्ः 

अधिकतम शेयर ३० प्रतिशत (२०–४०) लाख प्रतिआना खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ९ प्रतिशत (८०≥) लाख प्रतिआना खण्डले ओगटेको छ । त्यस्तै; २०, (४०–६०), र (६०–८०) लाख प्रतिआना खण्डले क्रमशः २३ प्रतिशत, २१ प्रतिशत र १७ प्रतिशत शेयर पाएका छन् ।

१.३ सम्भावित खरिदकर्ताले प्राथमिकता दिएका स्थानहरू (Location preferences by potential buyers)

क्र.संस्थानसंख्या 
१.बुढानिलकण्ठ५५
२.इमाडोल४०
३.भैँसेपाटी२८
४.बालकुमारी २७
५.धुम्बाराही २५
६.धापाखेल २४
७.गोंगबु२०
८.लाजिम्पाट१८
९.सानोभर्याङ १७
१०.न्यूरोड१७
११.स्युचाटार१६
१२.धरान१०
१३.लैनचौर१५
१४.बालकोट१५
१५.सानेपा१५
१५.मनमैजु १०
१६.टोखा१०
१७.शङ्खमूल१०
१८.ग्वार्को१०
१९.ठमेल१०
२०.कार्यविनायक १०
२१.मैतिदेवी१०
२२.धापासी१०
२३.काभ्रे१०
२४.नख्खिपोट१०
२५.भैरहवा १०
२६.झम्सिखेल१०
२७.डिल्लिबजार१०
२८.एकान्तकुना१०
२९.धोविघाट 
३०.टिकाथली 
३१.किर्तिपुर
३२.भङ्गाल
तालिका नं. ४

तालिका नं. ४ अनुसार, गत महिनामा सबैभन्दा बढि (५५) संख्यामा बुढानीलकण्ठ क्षेत्रका लागि सोधपुछ प्राप्त भएको पाइएको छ । र, सबै भन्दा कम किर्तिपुर र भंगाल क्षेत्रका लागि (५/५) संख्यामा सोधपुछ प्राप्त भएको छ । र अन्य सोधपुछ भएका क्षेत्रमा इमाडोल, भैँसेपाटी, बालकुमारी, र धुम्बाराही क्षेत्रका लागि क्रमशः ४०, २८, २७ र २५ वटा सोधपुछ प्राप्त भएको छ । त्यसैगरी धापाखेल, गोंगबु, लाजिम्पाट, सानोभर्याङ, न्युरोड, स्युचारटार क्षेत्रमा क्रमशः २४, २०, १८, १७, १७, १६ संख्यामा सोधपुछ प्राप्त भएको छ ।

लैनचौर, बालकोट, सानेपा क्षेत्रका लागि १५/१५ वटा सोधपुछ प्राप्त भएको छ । मनमैजु, टोखा, शङ्खमूल, ग्वार्को, ठमेल, कार्यविनायक, मैतिदेवी, धापासी, काभ्रे, नखिपोट, भैरहवा, झम्सिखेल, डिल्लिबजार, एकान्तकुना र धरान क्षेत्रका लागि १०/१० सोधपुछ प्राप्त भएको पाइएको छ । धोबीघाट र टीकाथली क्षेत्रका लागि क्रमशः ९ र ८ वटा सोधपुछ प्राप्त भएको छ ।

सम्भावित खरिदकर्ताले रुचाएका मुख्य स्थानहरू (Top 5 location preferred by potential buyers)

क्र.संस्थानसंख्या प्रतिशत (%)
१.बुढानिलकण्ठ५५११ %
२.इमाडोल४०८ %
४.भैँसेपाटी२८६ %
४.बालकुमारी २७ %
५.धुम्बाराही २५५ % 
६.बाँकी३३४६५ %
७.जम्मा५०९१०० %
तालिका नं. ५

सम्भावित खरिदकर्ताले रुचाएका मुख्य स्थानलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ३

लेखाचित्र नं. ३ मा देखाइएअनुसार, सम्भावित ११ प्रतिशत अर्थात् ५५ जना खरिदकर्ताले सर्वाधिक रुचाएका क्षेत्रमा बुढानीलकण्ठ रहेको पाइएको छ । त्यस्तै; खरीदकर्ताले रुचाएका क्षेत्रहरूमा इमाडोल, भैंसेपाटी, बालकुमारी र धुमबाराहीमा क्रमशः ८ प्रतिशत, ६ प्रतिशत, ५ प्रतिशत, ५ प्रतिशत  र ६५ प्रतिशत रहेको पाइएको छ ।

२. बजार प्रवृत्ति र मूल्य विश्लेषण (Market Trends and Pricing Analysis)

क. विभिन्न क्षेत्रमा प्रपर्टिको औसत मूल्यांकन अथवा (अधिकतम-न्यूनतम) तालिका फारमः
क्र.सं.स्थान ( काठमाडौं)मूल्यदर २०२४(न्यूनतम-अधिकतम)
१. बसुन्धरा४५ – ६० लाख प्रति आना
२.बुढानीलकण्ठ२७ – ६५ लाख प्रति आना
३.गोकर्णेश्वर१७ – ३५ लाख प्रति आना
४.कपन२७ – ५५ लाख प्रति आना
५.सितापाइला१७ – ६५ लाख प्रति आना
६.बालुवाटार५५ – १ करोड ३५ लाख प्रति आना
७.हात्तीगौंडा३६ – ७० लाख प्रति आना
८.महाराजगञ्ज७० – १ करोड २० लाख प्रति आना
९.धापासी३५ – ६५ लाख प्रति आना
१०.कलंकी३५– ७५ लाख प्रति आना
११.टोखा२१ –  ४५ लाख प्रति आना
१२.भंगाल२५ – ५३ लाख प्रति आना
१३.जोरपाटी२७ – ७० लाख प्रति आना
१४.बानेश्वर६५ –  १ करोड ५ लाख प्रति आना
१५.काँडाघारी२५ –  ४६ लाख प्रति आना
१६.लाजिम्पाट५५ – ९० लाख प्रति आना
१७.गोल्फुटार३६ –  ६० लाख प्रति आना
१८.सामाखुसी४५ –  ८० लाख प्रति आना
१९.सुकेधारा५० – ७२ लाख प्रति आना
२०.बालाजु३२ – ८० लाख प्रति आना
२१.चाबहिल३५ –  १ करोड ८० लाख प्रति आना
२२.मन्डिकाटार२१ –  ७० लाख प्रति आना
२३.धुमबाराही४८ –  ७० लाख प्रति आना
२४.विशालनगर६५ – ९० लाख प्रति आना
२५.पेप्सीकोला३५ – ६२ लाख प्रति आना
२६.तारकेश्वर१७ – ४५ लाख प्रति आना
२७.बाफल४० – ६५ लाख प्रति आना
२८.बौद्ध३५ – ६५ लाख प्रति आना
२९.गोदावरी१५.५ – २० लाख प्रति आना
३०.बाँसबारी३५ – ६५ लाख प्रति आना
३१.ठमेल१ – ३ करोड प्रति आना
३२.नक्साल६० – १ करोड २५ लाख प्रति आना
३४.चण्डोल६० – १ करोड २५ लाख प्रति आना
३५.मूलपानी२२ – ३५  लाख प्रति आना
३६.स्युचटार२५ – ६५  लाख प्रति आना
३७.कोटेश्वर६० – ८० लाख प्रति आना
३८.गोंगबु३५ –  ८० लाख प्रति आना
३९.सानोभर्याङ४० – ६५ लाख प्रति आना
४०.गोठाटार३० – ४० लाख प्रति आना
४१.स्वयम्भू४० – ६५ लाख प्रति आना
तालिका नं. ६

तालिका नं. ६ अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर निम्नानुसार छन्ः 

बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूबाट प्राप्त जानकारी अनुसार काठमाडौं जिल्लामा जग्गाको अधिकतम मूल्यदर ठमेल क्षेत्रमा १ देखि ३ करोड प्रति आना रहेको छ । अन्यमा बसुन्धरा क्षेत्रमा जग्गाको मूल्य ४५ देखि ६० लाख प्रति आना रहेको छ । त्यसैगरी; बुढानीलकण्ठ, गोकर्णेश्वर, कपन, सीतापाइला, बालुवाटार, हात्तीगौंडा, महाराजगञ्ज, धापासी, कलंकी, टोखा, भंगाल, जोरपाटी, बानेश्वर, काँडाघारी, लाजिम्पाट, गोल्फुटार, सामाखुसी, सुकेधारा, बालाजु, चाबहिल, मन्डिकाटार, धुमबाराही, विशालनगर, पेप्सीकोला, तारकेश्वर, बाफल, बौद्ध, गोदावरी, बाँसबारी, नक्साल, चण्डोल, मूलपानी, स्युचटार, कोटेश्वर, गोंगबु, सानोभर्याङ, गोठाटार, स्वयम्भूलगायतका क्षेत्रहरूमा जग्गाको मूल्य क्रमशः (२७ – ६५ लाख), (१७ – ३५ लाख), (२७ – ५५ लाख), (१७ – ६५ लाख),  (५५ – १ करोड ३५ लाख), (३६  – ७० लाख), (७० – १ करोड २० लाख), (३५ – ६५ लाख), (३५ – ७५ लाख), (२१ – ४५ लाख), (२५ – ५३ लाख), (२७ – ७० लाख), (६५ – १ करोड ५ लाख), (२५ – ४६लाख), (५५ – ९०लाख), (३६ – ६०लाख), (४५ – ८० लाख), (५० – ७२ लाख), (३२ – ८० लाख), (३५ – १ करोड ८० लाख), (२१ – ७० लाख), (४८ – ७० लाख), (६५ -९० लाख), (३५ – ६२ लाख), (१७ – ४५ लाख), (४० – ६५ लाख), (३५ – ६५ लाख), (१५.५ – २० लाख), (३५ – ६५ लाख), (६० – १ करोड २५), (६० – १ करोड २५ लाख), (२२ – ३५ लाख), (२५ – ६५ लाख), (६० – ८० लाख), (३५ –  ८०), (४० – ६५ लाख), (३० – ४० लाख), (४० – ६५ लाख) प्रति आना रहेको छ ।

क्र.सं.स्थान (ललितपुर)मूल्यदर २०२४(न्यूनतम-अधिकतम)
१. भैंसेपाटी३५ लाख – १ करोड ३० लाख प्रति आना
२.नखीपोट२५ – ६५ लाख प्रति आना
३.नख्खु२८.५ – ७० लाख प्रति आना
४.सानेपा६५ लाख – १ करोड २० लाख प्रति आना
५.इमाडोल३२ – ५५ लाख प्रति आना
६.टीकाथली२८ – ३५ लाख प्रति आना
७.हात्तीवन३५ – ५५ लाख प्रति आना
८.धापाखेल२० – ३५ लाख प्रति आना
तालिका नं. ७

तालिका नं. ७ अनुसार  ललितपुरका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर निम्नानुसार छन्ः

बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूबाट प्राप्त जानकारी अनुसार ललितपुर जिल्लामा जग्गाको अधिकतम मूल्यदर भैंसेपाटी क्षेत्रमा ३५ लाख – १ करोड ३० लाख प्रति आना रहेको पाइएको छ । त्यसैगरी अन्य क्षेत्रहरू नखिपोट, नख्खु, सानेपा, इमाडोल, टीकाथली, हात्तीवन, धापाखेलमा क्रमशः २५ – ६५ लाख प्रति आना, २८.५ – ७० लाख प्रति आना, ६५ लाख – १ करोड २० लाख प्रति आना, ३२ – ५५ लाख प्रति आना, २८ – ३५ लाख प्रति आना, ३५ – ५५ लाख प्रति आना, २० – ३५ लाख प्रति आना रहेको छ ।

ख) सेवाग्राहीद्वारा प्राप्त कर्जाका लागि प्राप्त सोधपुछः

घरकर्जामा इच्छुक/अनिच्छुकसंख्या प्रतिशतमा 
घरकर्जामा इच्छुक देखिएका१७४३४
घरकर्जामा इच्छुक नदेखिएका३५५६७
कूल५०९१००
तालिका नं. ८

माथिको तालिकालाई वृत्तचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं.

वृतचित्र नं. २ मा देखाएअनुसार, घरजग्गा कर्जामा इच्छुक रहे नरहेका सेवाग्राहीहरू छुट्याउँदा १७४ जना इच्छुक देखिएका छन्, जुन कूल सेवाग्राहीको ३४ प्रतिशत हो । त्यसैगरी, घरकर्जामा इच्छुक नदेखिएका सेवाग्राहीहरू ३५५ जना अर्थात् ६७ प्रतिशत रहेका छन् ।

ग) मासिक रुपमा घरजग्गाको मूल्य उतारचढाव (Monthly Real Estate Price Fluctuations)

तालिका नं. २ र ३ मा उल्लेख गरिएको जग्गाको मूल्य पछिल्लो महिनामा पनि स्थिर रहेको पाइएको छ । यसको अर्थ गत महिना घरजग्गाको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

घ) सेवाग्राहीले रुचाएका प्रपर्टिको आकार र सुविधाहरू (Trends in property sizes and amenities sought by buyers)
  • अत्यधिक रुचाइएका प्रपर्टिको आकार (Trends in property sizes)

प्रायजसो सेवाग्राहीले प्रपर्टीको खरिदमा बैंकबाट प्राप्त हुने घरकर्जासँग निर्भर रहने गरेको पाइन्छ । जसले गर्दा बैंकबाट राम्रो मूल्यांकन पाउनेगरी अधिकांशले ३ आनाभन्दा बढी जग्गा खोजिरहेको पाइएको छ । यसबाहेक बंगलामा बस्न चाहने सेवाग्राहीले आठ देखि १६ आना जग्गामा चासो देखाएका छन् ।

  • सेवाग्राहीले खोज्ने सुविधाहरू (Amenities sought by buyers)

अधिकांश सेवाग्राहीले आवासीय घरमा आधुनिक सुविधाको खोजी गरेको पाइएको छ । जसमा मोड्युलर किचन, अट्याच दराज तथा पार्केटिङ, प्यानलिङ र अट्याच बाथरुम आदि छन् । 

३. सेवाग्राहीको व्यवहार विश्लेषणलाई प्रभाव पार्ने तत्त्वहरू (Factors affecting buyers behavior Analysis)

घरजग्गाको कारोबारमा बैंकिङ क्षेत्र र कर्जा प्रवाह, सरकारी नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्ता विभिन्न पक्षले प्रभाव पार्दछ । यस सेग्मेन्टमा, पौष महिनामा परिमार्जन तथा परिवर्तन भएका घटनाहरूको संक्षिप्‍त समीक्षा गरिएको छ ।

३.१ मौद्रिक नीति समीक्षा (Monetary Policy Review):

राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीति समीक्षामा उल्लेख भएअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ । रु.५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिनेछ । 

३.२ घरजग्गा कारोबारमा लाइसेन्स कार्यान्वयन (Implementation of real estate business license):

सरकारले सम्पत्ति ऐन २०३४ लाई संशोधन गरी घरजग्गा व्यवसायका लागि लाइसेन्सको अनिवार्य व्यवस्था गरिएको छ । संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले लाइसेन्सबिना सञ्चालन गर्नेलाई जरिवाना र कैदको व्यवस्था गरेको नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । लाइसेन्सको अवधि ५ वर्षको हुने र कारोबार गर्न चाहनेले दिएको निवेदनका आधारमा लाइसेन्स उपलब्ध गराइने छ । नयाँ व्यवस्थाअनुसार लाइसेन्स नलिई कारोबार गर्नेले २५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । यसका साथै ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । 

३.३ जग्गा कित्ताकाट खुल्ला (Land allotment open):

भूउपयोग नियमावली संशोधनसँगै देशभर जग्गाको कित्ताकाट खुला गरिएको छ । देशभर जग्गाको कित्ताकाट खुला भएको छ । संशोधित नियमावलीअनुसार आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइनेछ । यसअघि आवासीय जग्गा १३० वर्गमिटर भन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो । साथै जग्गा वर्गीकरण नभए पनि सबै पालिकाहरूले कित्ताकाट गर्न पाउनेछन् । कित्ताकाटका लागि अन्य मापदण्डसमेत लचिलो बनाइएको छ । स्वीकृत भएको नियमावलीअनुसार सरकारले प्लानिङको स्वीकृति लिएकाहरूलाई साढे २ आना अर्थात् ८० वर्गमिटर र नलिएकाको हकमा ४ आना १ दाम अर्थात् १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ । 

३.४ घटाइएको निक्षेप ब्याजदरको प्रभाव (Impact of reduced deposit interest rates):

माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । रियल इस्टेट व्यवसायीहरूले यसलाई सकारात्मक निर्णयको रूपमा लिएका छन् । निक्षेपको ब्याजदर घटेसँगै घरकर्जाको ब्याज दरमा पनि कमी आउने व्यवसायीको अपेक्षा छ । जसले घरजग्गा क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने हुँदा ‘निक्षेप ब्याजदर’ घटाउने वाणिज्य बैंकहरूको निर्णयले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

वाणिज्य बैंकद्वारा पुष महिनाका लागि तोकिएको घरकर्जा दर (Home loan rates set by commercial banks for the month of Magh):
क्र.सं बैंकको नामब्याजदर सेवा शुल्क
१.एनआईसी एसिया बैंक१३.३९ प्रतिशत (स्थिर)_
२.कुमारी बैंक१०.७५ (स्थिर व्याजदर ७ वर्ष)_
३.प्रभु बैंक१२.९९ प्रतिशत (स्थिर व्याजदर ५ वर्ष)_
४.
लक्ष्मी सनराइज बैंक
१०.३५ देखि १३.३५ प्रतिशत_
५.नेपाल बैंक लिमिटेड८.८३ देखि १३.३३ प्रतिशत०.७५ प्रतिशत
६.राष्ट्रिय वाणिज्य बैंक८.५० प्रतिशत (भूकम्प पीडित)
८.५७ प्रतिशत (सैनिक)
९.४१ प्रतिशत (२ करोड भन्दा माथिका लागि)
०.७५ प्रतिशत
७.नेपाल इन्भेस्टमेन्ट बैंक ९.४१ देखि १४.४१ प्रतिशत ०.७५ प्रतिशत
८. सिद्धार्थ बैंक१०.९९ प्रतिशत (७ वर्ष) _
९.सिटिजन बैंक १२.५० प्रतिशत (हाउजिङ कर्जा) _
१०.माछापुच्छ्रे बैंक लिमिटेड१०.२८ देखि १२.२८ प्रतिशत (=२ करोड)_
११.नबिल बैंक९.९९ प्रतिशत  (७ वर्ष) _
१२.एभरेष्ट बैंक१०.३७ देखि १२.३७ प्रतिशत०.७५ प्रतिशत
१३.साङ्ग्रिला  डेभलपमेण्ट बैंक १०.९९ देखि १४.९८ प्रतिशत _
१४.एनएमबि बैंक११.४९ प्रतिशत (२० वर्ष)_
१५.प्राइम कर्सियल बैंक१०.४३ देखि १५.४३ प्रतिशत _
१६.सानिमा बैंक१०.९५ देखि १२.९४ प्रतिशत _
१७.मुक्तिनाथ विकास बैंक१०.९८ देखि १५.४८ प्रतिशत _
१८.ग्लोबल आइएमई बैंक९.६० देखि १३.१० प्रतिशत_
१९.नेपाल एसबीआई बैंक१०.६६ देखि १३.१६ प्रतिशत _
२०.हिमालयन बैंक१०.५९ देखि १५.५९ प्रतिशत ०.७५ प्रतिशत
२१.स्टाण्डर्ड चार्टर्ड बैंक९.७३ देखि ११.७३ प्रतिशत_
२२.महालक्ष्मी बैंक १०.७१ देखि १४.४६ प्रतिशत _
२३.कृषि विकास बैंक१३.९३ प्रतिशत (१० वर्ष)_
तालिका नं. ९ 

तालिका नं. ९ मा देखाएअनुसार, पुष महिनाका लागि वाणिज्य बैंकहरूले दिएको घरकर्जाको अधिकतम ब्याजदर कृषि विकास बैंकको १३.९३ प्रतिशत रहेको छ । र, न्यूनतम ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितका लागि ८.५० प्रतिशत (भूकम्प पीडित), सैनिकका लागि ८.५७ प्रतिशत तोकेको छ । पुस महिनामा बैंकहरूले दिएको निक्षेपको अधिकतम ब्याजदरको तुलनामा पुष महिनामा दिएको अधिकतम ब्याजदरमा औसत ०.८२ प्रतिशतले कम छ । 

४. पुस महिनामा घरजग्गाको कारोबार, राजस्व संकलनको अवस्था (Real estate transactions, revenue collection situation in the month of Poush):

४.१ तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्वको विवरण प्रस्तुत गरिएको छः

लेखाचित्र नं. ४

लेखाचित्र नं. ४ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्व निम्नानुसार छः

गत महिनामा भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरले अधिकतम (२० करोड ९९ लाख ३४ हजार ६ सय ७६ रुपैयाँ) राजश्व संकलन गरेको पाइएको छ । जुन कूल राजश्वको झण्डै ७ प्रतिशत हो । त्यसैगरी गत महिना उल्लेख्य राजश्व संकलन गर्ने मालपोत तथा भूमि सुधार कार्यालयहरूमा भू.मा.का इनरुवा, सुनसरी (११ करोड ६४ लाख ३ हजार २१ रुपैयाँ), भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर (७ करोड २९ लाख २७ हजार ३ सय १६ रुपैयाँ), मालपोत कार्यालय बेलबारी (४ करोड ८९ लाख ३१ हजार ७ सय ९० रुपैयाँ), भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम (४ करोड ५६ लाख ७१ हजार ११ रुपैयाँ), भूमिसुधार तथा मालपोत कार्यालय राजविराज (२ करोड ८२ लाख १ हजार २ सय १७ रुपैयाँ), चाबहिल मालपोत कार्यालय (२० करोड ९८ लाख ९९ हजार ०८४ रुपैयाँ) रहेका छन् । यसबाहेक देशभरका अन्य मालपोत कार्यालयहरूबाट भएको (२ अर्ब ३७ करोड ८३ लाख ४० हजार ५ सय ७० रुपैयाँ) गरी घरजग्गाको कारोबारबाट कुल ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५ सय ३० रूपैयाँ राजश्व संकलन भएको छ । 

ख) तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित प्रस्तुत गरिएको छः

लेखाचित्र नं. ५

लेखाचित्र नं. ५ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित अर्थात कारोबारको विवरण निम्नानुसार छः

गत महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट अधिकतम १ हजार ९ सय ३७ संख्यामा घरजग्गा लिखत पारित भएको पाइएको छ । काठमाडौंस्थित कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु मालपोत कार्यालयमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट ६ सय ५९ संख्यामा घरजग्गा लिखत पारित भएको छ । 

यसबाहेक, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट १ हजार ७ सय ४३; मालपोत कार्यालय बेलबारी, मोरङबाट १ हजार ६ सय ५०; भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट १ हजार ५ सय २०; र भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट १ हजार २ सय ६० संख्यामा घर जग्गाको लिखत पारित भएको पाइएको छ ।

पुस महिनामा काठमाडौंका विभिन्न मालपोत कार्यालयबाट संकलित राजस्वः
क्र.संमालपोत कार्यालयलिखत पारितराजश्व संकलन
१.मालपोत कार्यालय कलङ्की, काठमाडौं६५०१९,०६,८६,९६२
२.मालपोत कार्यालय चावहिल, काठमाडौं४०७२०,९८,९९,०८४
३.मालपोत कार्यालय साँखु, काठमाडौं४०८८,३५,५५,७७४
४.मालपोत कार्यालय टोखा, काठमाडौं१३७४,४१,२१,४५८
मालपोत कार्यालय, मनमैजु, काठमाडौं_५,९४,०२,६४३
तालिका नं. १०

तालिका नं. १० मा प्रस्तुत भएअनुसार, काठमाडौं जिल्लामा अधिकतम (२० करोड ९८ लाख ९९ हजार ८४ रुपैयाँ) राजश्व संकलन गर्नेमा मालपोत कार्यालय चावहिल, काठमाडौं रहेको छ । अन्य मालपोत कार्यालयका तुलनामा मालपोत कार्यालय टोखाले न्युनतम  (४ करोड ४१ लाख २१ हजार ४ सय ५८ रुपैयाँ) राजश्व संकलन गरेको छ । र अन्यमा मालपोत कार्यालय कलङ्की, मालपोत कार्यालय साँखु, र मालपोत कार्यालय, मनमैजुले क्रमशः (१९ करोड ६ लाख ८६ हजार ९ सय ६२), (८ करोड ३५ लाख ५५ हजार ७ सय ७४) र (५ करोड ९४ लाख २ हजार ६ सय ४३) रुपैयाँ राजश्व संकलन गरेका छन् ।

पछिल्लो ६ महिनामा सबैभन्दा बढी कारोबार भएका मालपोत कार्यालयहरू (Malpot Offices with the highest turnover in the last 6 months):
क्र.संमालपोत कार्यालयलिखत पारित
१.भूमि सुधार तथा मालपोत कार्यालय इनरूवा, सुनसरी१०,७६३
२.भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा८,६७०
३.भूमि सुधार तथा मालपोत कार्यालय बेलबारी, मोरङ८,१६५
४.भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा७,२२२
तालिका नं. ११

तालिका नं. ११ अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ६ महिनामा सबैभन्दा धेरै कारोबार भूमि सुधार तथा मालपोत कार्यालय इनरूवा, सुनसरीबाट भएको पाइएको छ । उक्त मालपोत कार्यालयबाट १० हजार ७ सय ६३ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । त्यसैगरी उल्लेख्य कारोबार गर्ने अन्य मालपोत कार्यालयहरू भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा; भूमि सुधार तथा मालपोत कार्यालय बेलबारी, मोरङ; र भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट क्रमशः ८ हजार ६ सय ७०, ८ हजार १ सय ६५, र ७ हजार २ सय २२ संख्यामा लिखत पारित भएको पाइएको छ ।

निष्कर्षः

पौष महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछ, विभिन्न सरकारी निकाय, बैंकिङ संस्था लगायत विभिन्न सरोकारवाला निकायबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा गत महिना घरजग्गा बजार चलायमान रहेको पाइएको छ । बैंकिङ क्षेत्रमा देखिएको उतारचढाव र सरकारको पहल तथा नीतिगत व्यवस्थाका कारण सेवाग्राहीहरू प्रभावित छन् ।

सेवाग्राहीको व्यवहारलाई आधार मानेर हेर्दा, धेरैजसोले सेवाग्राहीले बैंकबाट राम्रो मूल्य दिनसक्ने किसिमका घरजग्गाहरू खोजेको पाइएको छ । जसमा ३ आना भन्दा बढी जग्गामा बनेका घर तथा बंगलामा ८ देखि १६ आना जग्गा क्षेत्रफललाई प्राथमिकता दिइएको छ । त्यसैगरी, माथिको तथ्याङ्कअनुसार वर्तमान अवस्थामा अधिकांश सेवाग्राहीहरू साढे दुई देखि ४ करोड मूल्यका आवासीय घरमा इच्छुक देखिन्छन् । 

आधुनिक सुविधाहरू जस्तै मोड्युलर किचन र संलग्न सुविधाहरू उपभोक्ताहरू द्वारा अत्यधिक खोजी गरिन्छ । बैंकिङ क्षेत्र नीतिहरू, सरकारी नियमहरू, र मौद्रिक नीतिहरू जस्ता कारकले सेवाग्राहीको व्यवहार प्रभावित हुन्छ ।  

गत महिना नेपालको घरजग्गा बजारमा विभिन्न आर्थिक परिदृष्य, लचिलो मौद्रिक नीति र नियामक परिमार्जन लगायतले सकारात्मक प्रभाव पारेको पाइएको छ ।  साथै सरकारको सहयोगी नीति र कर्जा प्रवाहमा भएको वृद्धिले आगामी महिनामा घरजग्गा बजारको पुनरुत्थान हुने संकेत गर्दछ । लाइसेन्सको अनिवार्यता र अन्य नियामक संशोधनको कार्यान्वयनले घरजग्गा उद्योगमा स्थिरताको तह थपेको छ । यस्तो सकारात्मक गतिलाई कायम राख्नको लागि विश्वव्यापी र क्षेत्रीय आर्थिक चुनौतीहरूको निरन्तर अनुगमन आवश्यक छ ।

यद्यपि पछिल्लो समय देशको आर्थिक परिदृष्य हेर्दा ग्राहकहरूले निर्धक्कका साथ घरजग्गामा लगानी गर्ने वातावरण बनिसकेको पाइदैन । यसो हुँदा सरकार, राष्ट्र बैंक लगायत सम्बन्धित सरोकारवाला निकायहरू यसप्रति संवेदनशिल रहनु जरुरी देखिन्छ । 

सम्बन्धित निकायका लागि सुझावः

डेभलपरका लागि सुझावः

नेपालको आर्थिक अवस्था र सेवाग्राहीमा गरिएको अध्ययनबाट संकलित तथ्याङ्कलाई मध्येनजर गर्दा डेभलपरहरूले २ देखि ४ करोड सम्मका र जग्गा डेभलपरहरूले २० देखि ४० लाख प्रतिआनासम्म जग्गा डेभलप गर्न सके बजारको मागलाई पूर्ति गर्न सकिने देखिन्छ । 

बैंकका लागि सुझावः

बैंकिङ सेवाबारे गरिएको अध्ययनअनुसार आम सर्वसाधारणमा बैंकिङ सेवा्बारे त्यति सचेतता नभएको पाइएको छ । सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न सहज र सरलका साथै सेवा प्रवाहको प्रक्रियालाई छिटो बनाउन सके बैंकिङ सेवाहरू प्रभावकारिता बढ्ने देखिन्छ । सेवाग्राहीमा रहेको अन्योललाई सम्बोधन गर्न बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी सूचना अझ प्रभावकारी ढङ्गले प्रवाह गर्ने र सम्भावित खरिदकर्तामा बैंकिङ सेवाको सहज पहुँच पुर्याउन आवश्यक छ ।

लगानीकर्ताका लागि सुझाव :

घरजग्गामा लगानी गर्दा यस सम्बन्धी सम्पूर्ण कानुनी पक्षको अध्ययन गरेर मात्रै लगानी गर्नु राम्रो हुन्छ । यदि आफूले अध्ययन गर्न सम्भव नभएको खण्डमा सम्बन्धित विज्ञहरूसँग परामर्श लिएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ । पछिल्लो समय घरजग्गा बिक्रीको परम्परागत शैलीको विकल्पमा थुप्रै प्लेटफर्मको उपयोग भइरहेका छन् । हिजोआज सम्पत्ति सूचिकरण, प्रपर्टिको भर्चुअल भिजिट, र कारोबारमा पनि डिजिटल माध्यमको फाइदा लिन सकिन्छ । यसले कारोबारमा पहुँच फराकिलो बनाउनुका साथै खरिदकर्ता र बिक्रेता दुवैको लागि प्रक्रिया सरल बनाउँछ ।

सन्दर्भहरूः

१. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८० माघ १). २०८० पौष महिनाको मासिक कारोवार विवरण 

https://dolma.gov.np/office/dept/content/monthly-transaction-report-1706595104

२. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८० माघ १). २०८० पौष महिनाको राजश्व संकलन विवरण

https://dolma.gov.np/office/dept/content/monthly-transaction-report-1706595104

३. बैंक ब्याज डटकम. (२०८० माघ १). घर कर्जा
https://bankbyaj.com/detail/home-loan-nepali-banks

४. बसोबास डटकम 

https://basobaas.com/

प्रतिक्रिया दिनुहोस्
Pin It