News

८ अर्ब लगानी सहित नेपालमा पहिलोपटक ट्राम रेल सञ्चालनमा आउने

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमै पहिलोपटक ट्राम रेल सञ्चालनमा आउने भएको छ । तीन वर्ष अघि लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार रूपन्देहिको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालन हुने भएको हो । 

लगानीकर्ताले ट्राम रेलमा चासो देखाएपछि तत्कालीन मेयर वासुदेव घिमिरेले तत्काल डीपीआर बनाउन लगाएका थिए । पब्लिक कम्पनी मोडेलमा नगरपालिकाले योजना अघि बढाएपछि प्रदेश सरकारले समेत सहयोग गरेको थियो ।

तिलोत्तमा नगरपालिका प्रमुख/मेयर रामकृष्ण खाडले एक समारोहका बीच शुक्रबार ट्रम रेलको शिलान्यास गरेका छन् । समारोहमा बोल्दै खाडले यो योजना नगरपालिकाको गौरवको आयोजनाका रूपमा अगाडि सारिएको र नगरवासीको साथसहयोगमा सम्पन्न हुने बताएका छन् ।  

साथै तिलित्तोमा नगरमा नगर विकास कोषले १ हजार बिघामा नयाँ शहर विकास गर्ने काम समेत अघि बढाइरहेको छ ।  कुल ८ अर्ब लगानिमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा सञ्चालन हुनेछ । जसका लागि प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानी जुटाउने योजन छ । 

चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुनेछ । 

लुम्बिनी प्रदेश सरकारको १५ लाख रुपैयाँबाट ट्रम रेलको डिपीआर तयार भइसकेको छ । समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना निर्माण हुन लागेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

विविध कारणले एक वर्ष ढिलाइ भएपनि अब भने स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको रेल्वे कम्पनीले जनाएको छ । विद्युतबाट चल्ने यो रेल हलुका किसीमको हुने र ७० जना चढ्न मिल्ने कम्पनीले जनाएको छ । जसबाट दैनिक ३० हजार, मासिक ८ लाख र वर्षमा १ करोड मानिसले सेवा लिन सक्छन् । 

रेल सेवाले वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ । यसबाहेक सामान ढुवानीलगायतको समेत सेवा दिन सकिने जनाइएको छ । 

ट्राम रेल सञ्चालनमा आएपछि ६ वटा ट्राम टाइगर प्यालेस तर्फ र ६ वटा ट्राम रोहिणीतर्फ चल्ने छ । जसमा प्रतिदिन एउटा ट्राममा एक पटकमा २५ सय चढ्न सक्ने कम्पनीले जनाएको छ । 

रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेका छन् । भने परियोजना सुरु भएपछि १०० जना स्थायी कर्मचारीले रोजगारी पाउनेछन् ।

पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तर उन्नति र विकास गर्ने लक्ष्य रहेको  यो रेल्वे देशकै नमुना हुने विश्वास गरिएको छ । 

८ अर्ब लगानी सहित नेपालमा पहिलोपटक ट्राम रेल सञ्चालनमा आउनेके हो ट्राम रेल !

लिगमा चल्ने ट्राम रेलका लागि विशेष ट्राम-वे को आवश्यकता पर्छ । स्ट्रिट कार, ट्रलिकार वा ट्रलीका रुपमा पनि चिनिने यो सवारी पहिलेपहिले डिजेलबाट सञ्चालन हुने गरेको भएपनि हिजोआज भने विद्युतिय भइसकेको छ । ट्राम परम्परागत रेल र द्रुत ट्रान्जिट ट्रेनभन्दा छोटो हुन्छ । भारतको कोलकत्तामा मात्रै चल्ने ट्रामहरू कलकत्ता ट्रामवेज कम्पनीद्वारा संचालित छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It