News

करिब पाँच करोडको लागत सहित नक्सालमा परम्परागत पैदल मार्ग निर्माण हुने

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले परम्परागत पैदल मार्ग अर्थात् ट्रेडिसनल वाक वे निर्माण गर्ने भएको छ । महानगरपालिका वडा नं १ नक्साल क्षेत्रमा बन्न लागेको वाक वे काठमाडौं महानगरसँगको सहकार्यमा निर्माण हुने भएको प्राधिकरणले जनाएको छ । 

अनुमानित लगानी करिब पाँच करोड हुने भनिएको वाक वे निर्माण प्रक्रिया द्रुत रुपमा अघि बढिरहेको छ । हाल अध्ययनको काम भइरहेको जिल्ला आयुक्त कार्यालयले जनाएको छ । पैदल मार्ग निर्माणको लागि महानगरपालिका वडा नं १ ले पनि अध्ययन गरिरहेको छ । 

नक्साल क्षेत्रको सांस्कृतिक गुरुयोजना तयार गर्न डीयूडीबीसीले एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी कम्पनीलाई अध्ययनको जिम्मा दिइएको थियो । 

स्थानिय तहको मागअनुसार निर्माण हुन लागेको पैदलमार्ग नक्साल क्षेत्रमा कमलपोखरीबाट नक्साल पुलिस हेडक्वार्टर हुँदै नागपोखरीदेखि भगवती मन्दिरसम्म करिब ६ सय मिटरको हुनेछ । 

पैदल माग निर्माण हुने भनिएको क्षेत्रमा हाल भएको पिच बाटोमा दैनिक गाडी गुडिरहेका छन् । त्यसलाई रोकेर स्थानीयको माग अनुसार हिँड्न मात्र मिल्ने बनाउन लागिएको हो । पैदल मार्ग निर्माण भए पश्चात् सो क्षेत्रमा यातायात सञ्चालन गर्न पाइनेछैन ।

करिब पाँच करोडको लागत सहित नक्सालमा परम्परागत पैदल मार्ग निर्माण हुने

पैदल मार्ग निर्माण हुने स्थान प्लस जस्तो रहेको छ । सो स्थानमा ४ ठाउँमा गेट राखी पीच निकालेर त्यहाँभित्र परम्परागत सामग्रीको प्रयोग गरी वाक वे बनाउने तयारी रहेको छ । 

मूल्याङ्कनको चरणमा रहेको आयोजनाको काम अगाडि बढाउनको लागि अझै केही समय लाग्ने जिल्ला आयुक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It