Research

नेपालमा प्रतिवर्ष ०.०४° ले बढ्दैछ तापक्रम, कुन ठाउँमा हुन्छ सबैभन्दा धेरै गर्मी ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालका विभिन्न स्थानमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । यसवर्ष देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भइसकेको छ । वैशाख र जेठका महिनाहरूमा त गर्मीकै कारण मानिसहरू बेहोस र बिरामी हुने अवस्था सिर्जना हुन्छ । 

गौर, तौलिहवा, भैरहवा, टिकापुर, विरगञ्ज, नेपालगञ्ज नेपालका अत्याधिक गर्मी हुने ठाउँ मानिन्छन् । यी सबै ठाउँहरू तराई क्षेत्रमा पर्छन् । विशेषगरी कम उचाइ क्षेत्र सामान्यतया तातो हुने र उचाइ बढ्दै जाँदा तापक्रम घट्ने भएकाले तराइमा धेरै गर्मी हुन्छ । भूमध्यरेखाको नजिक भएकाले तराईको हावापानी पहाड वा हिमाली हावापानीभन्दा फरक छ । अब हेरौं नेपालका सर्वाधिक गर्मी हुने ६ स्थान :

जल तथा मौसम विभागले २०१५ जनवरी देखि २०२४ अप्रिलसम्ममा रेकर्ड गरिएको अधिकतम तापक्रम हो ।

१. गौर

gaur

रौतहट जिल्लाको सदरमुकाम ‘गौर नगरपालिका’ पूर्वपश्चिम राजमार्गभन्दा ४० किलोमिटर दक्षिणमा अवस्थित छ । मौसम विभागबाट २०१५ जनवरी देखि २०२४ अप्रिलसम्म रेकर्ड गरिएको अधिकतम तापक्रमअनुसार रौतहटको गौर नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने  शहरका पहिलो नम्बरमा रहेको छ । यस अवधिमा गौरको अधिकत तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको थियो । 

२. तौलिहवा

taulihawa

तौलिहवा कपिलवस्तु जिल्लाको सदरमुकाम हो । यो सहर समुद्र सतहबाट १०७ मिटरको उचाइमा अवस्थित छ । विभागका अनुसार तौलिहवाको अधिकत तापक्रम ४३.९ डिग्री सेल्सियस मापन भएको थियो । 

३. भैरहवा

 bhairahawa

भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । भैरहवाको अधिकतम तापक्रम ४३.७ डिग्री सेल्सियस मापन भएको थियो । 

४. टिकापुर

tikapur

टिकापुर कैलाली जिल्लाको सुदूरपश्चिम प्रदेशको एउटा नगरपालिका हो । यो कर्णाली नदीको किनारमा अवस्थित छ । २०१५ जनवरी देखि २०२४ अप्रिलसम्ममा रेकर्ड गरिएको तापक्रम अनुसार टिकापुरको अधिकतम तापक्रम  ४३.६ डिग्री सेल्सियस रहेको छ ।  

५. विरगञ्ज

Birgunj

विरगञ्ज पर्सा जिल्लाको प्रसिद्ध शहर हो । जुन भारतसँग जोडिएको प्रमुख व्यापारिक नाका पनि हो । यहाँ २०१५ जनवरी देखि २०२४ अप्रिलसम्ममा रेकर्ड गरिएको तापक्रम अनुसार अधिकतम तापक्रम  ४३.५ डिग्री सेल्सियस रहेको छ ।  

६. नेपालगञ्ज

nepalgunj

नेपालगन्ज बाँके जिल्लाको एक प्रमुख शहर हो । भारतको सिमानाकासँग जोडिएको नेपालगन्जको २०१५ जनवरी देखि २०२४ अप्रिलसम्ममा रेकर्ड गरिएको तापक्रम अनुसार अधिकतम तापक्रम  ४३.५ डिग्री सेल्सियस रहेको छ ।  

किन बढ्दै छ गर्मी ?

नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । 

पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ । र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । 

मानिसको गतिविधिका कारण कार्बन डाईअक्साइड उत्सर्जन बढेका कारण तापक्रम बढेको छ। कार्बन उत्सर्जन जति धेरै कटौती गर्‍यो बढ्दो ताप उति कम हुन्छ । तर विश्व यो बाटोमा छैन । सन् १८५० मा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा २८६ पीपीएम थियो, जुन अहिले झन्डै ४१५ पीपीएम पुगेको छ । 

गर्मीले जनजीवनमा कस्तो प्रभाव पार्छ ?

गर्मी बढेसँगै तराईमा क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । विद्यालय बन्द हुन थालेका छन् । जसका सडक, बजार र सरकारी अड्डा सुनसान देखिन थालेको छ ।

गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी झनै कष्टकर बन्दै गएको छ भने गर्मीकै कारण अस्पतालमा बिरामीको चाप पनि बढेको छ । आगलागीका घटनाहरू पनि दिनप्रतिदिन बढ्ने गरेको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It