News

आर्थिक वर्ष ०७९/८० मा बढी कारोबार गर्ने १० मालपोत कार्यालय

Pinterest LinkedIn Tumblr

काठमाडौं । आर्थिक वर्ष ०७९/८० घरजग्गा कारोबारका लागि खासै राम्रो रहेन । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभाव, उच्च ब्याज तथा घरजग्गा कारोबारमा कडाइ गर्ने नीति कारण कारोबार निराशाजनक रह्यो । 

गत आर्थिक वर्ष २०७९/८० मा देशभरका मालपोत कार्यालयबाट ४ लाख ६३ हजार वटा घरजग्गा कारोबार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ३ लाखले कम हो । आर्थिक वर्ष २०७८/७९ मा देशभरका मालपोत कार्यालयबाट ७ लाख ४५ हजार १ सय १९ वटा किनबेच भएका थिए ।

देशभर १२६ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरी इनरुवाबाट भएको छ । मालपोत कार्यालय इनरुवाबाट १९ हजार ९९४ वटा घरजग्गा कारोबार भएको छ ।

यी हुन् आर्थिक वर्ष २०७९/८० मा धेरै कारोबार गर्ने मालपोत कार्यालयहरू  
क्र. सं  मालपोत कार्यालय  कारोबार भएको संख्या 
१.  भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी, इनरुवा १९ हजार ९ सय ९४ 
२. भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँके  १७ हजार ५ सय ६४ 
३. मालपोत कार्यालय बेलवारी, मोरङ  १६ हजार ४ सय ४९ 
४. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा  १६ हजार १ सय १६ 
५. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १२ हजार ८ सय ६७
६. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १२ हजार ५ सय १८ 
७. भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तु  ११ हजार ३ सय ३८
८. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर १० हजार ९ सय ७४
९. भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङ १० हजार ७ सय ५३
१०. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर १० हजार ७ सय १३ 

स्रोतः भूमि व्यवस्थापन तथा आलेख विभाग 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It