News

अब काठमाडौंका तीन सडक एकतर्फी बन्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका तीनवटा सडकलाई एकतर्फी (वान वे) बनाइने भएको छ । दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै महानगरले हाल दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागेको हो । 

यससँगै काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट प्रवेश गर्न पाइनेछैन ।  

त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने भएको छ । 

पुतलीसडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन ।  

पुतलीसडकदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It