News

व्यवस्थित घरजग्गा बजारका लागि सदस्यता आह्वान

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गा व्यवसायमा संलग्न एजेन्ट तथा एजेन्सीहरूलाई व्यवसायिक र व्यवस्थित बनाउन स्थापित नेपाल रियल स्टेट अर्गनाइजेसन (एनरियो)ले देशभरका एजेन्ट तथा एजेन्सीहरूलाई एकसाथ जोड्ने रणनिति ल्याएको छ । एनरियोले घर जग्गा कारोबारलाई वैज्ञानिक, मर्यादित,पारदर्शी र सम्मानजनक बनाउने उद्देश्यसहित सदस्यताका लागि आह्वान गरेको हो ।

सदस्यता लिनका लागि एनरियो कार्यालय वा एनरियोले तोकेको आधिकारिक कार्यालयहरूबाट फारम भर्न सकिने एनरियोका महासचिव बिनोद सुवेदीले बताएका छन् । इच्छुक एजेन्ट तथा एजेन्सीले तोकेको शुल्क तिरी सदस्यता लिन सक्नेछन् ।

एनरियोले एजेन्ट तथा एजेन्सीहरूलाई मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेल्ने महासचिव सुवेदीको दावी छ । उनकाअनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय नयाँ प्रविधि एम.एल.एस. को सहायतामा एजेन्ट, एजेन्सी, खरिदकर्ता तथा बिक्रीकर्ता र सरकारलाई एउटा चेनमा बाँध्ने काम गर्नेछ।

एनरियो सदस्यताका फाइदाहरू 
  • रियल स्टेटसँग सम्बन्धित (घरजग्गा, मालपोत र नापीका को प्राविधिक कुराहरू, मार्केटिङ, घरजग्गा सम्बन्धी कानुनी कुराहरू) सैद्धान्तिक र प्राविधिक आधारभूत तालिमको व्यवस्था गरि प्रमाणपत्र प्रदान गर्छ । 
  • कमिसनको दरमा एकरूपता कायम गरिन्छ ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय ट्रेन्डको सिकाइको अवसर प्रदान गरिन्छ ।
  • एजेन्ट र एजेन्सी भित्र विश्वासको वातावरण पैदा गरिन्छ । 
  • कारोबार बढाउने आधार तय गरिन्छ ।
  • खरिदकर्ता तथा बिक्रेतालाई वास्तविक मूल्यको जानकारी दिन मल्टि लिस्टिङ सिस्टम (एमएलएस) को तालिम प्रदान गरिन्छ ।
  • रिसर्च एन्ड डेभलपमेन्ट सिकाइ मार्केट अपड‍ेटको जानकारीको लागि सहयोग गराइन्छ । 
  • व्यवसायीलाई आचारसंहितामा बाँधि उत्तरदायी बनाउँछ । 
  • कारोबारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा रोक्नुका साथै सरकारलाई समेत वास्तविक कारोबार मूल्य पत्ता लगाउन सहयोग गर्नेछ । 

एजेन्ट तथा एजेन्सीहरूको हक हितका लागि सन् २०१८ मा एनरियो स्थापना भएको थियो । स्थापनाकाल देखि नै यस अर्गनाइजेशनले घरजग्गा बजारमा हुने कारोबारमा  सहजिकरण गर्दै आएको संस्थापक तथा महासचिव बिनोद सुवेदी बताउँछन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It