Vaastu

वास्तु शास्त्र अनुसार घरको भर्याङ कसरी राख्ने 

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्ः

काठमाडौं । वास्तुशास्त्रले घरमा प्रयोग हुने सामग्रीको वस्तुस्थिति र त्यसका शुभ अशुभ प्रभावका बारेमा सम्पूर्ण जानकारी दिन्छ । यसले भरपर्दो र सुविधाजनक घर निर्माणका लागि रेखाचित्र प्रदान गर्ने हुँदा पनि वास्तु प्रति धेरैको झुकाव भएको देखिन्छ । यसैक्रममा आज हामी वास्तु मिलेको घरको भर्याङ कस्तो हुनुपर्छ भन्ने बारे कुरा गर्दैछौँ ।

भर्याङ

एक तलाभन्दा माथिका घरहरूमा भर्याङको प्रयोग गर्ने गरिन्छ । अझ दार्शनिकहरूले त घरको भर्याङलाई विकासको प्रतीक मान्दछन् । साथै भर्याङलाई प्रगतिसँग जोडेर हेर्ने गर्दछन् । भर्याङले जीवनको उतारचढावलाई समेट्छ भन्ने गरिन्छ । 

घर किन्दा वा बनाउँदा ठूलाठूला कोठा, चिटिक्कको डिजाइन, डेकोरेसन आदि हेर्ने गरिन्छ । भर्याङको विषयमा भने खास महत्व दिइँदैन । जहाँ जस्तो अवस्थामा भएता पनि सामान्य नै लाग्छ । तर सही दिशामा भर्याङ नबनाउँदा गम्भिर प्रकृतिको वास्तु दोष निम्तने वास्तुशास्त्रीहरू बताउँछन् । 

भर्याङको लागि उपयुक्त दिशा  

घरको दक्षिण पश्चिम दिशामा भर्याङ बनाउनु उत्तम विकल्प हो । भर्याङ उत्तर दिशाबाट सुरु भएर दक्षिणमा टुङ्गिएको हुनुपर्दछ । वैकल्पिक रूपमा पूर्वबाट सुरु भएर पश्चिममा सकिएको बनाउन सकिन्छ । यसरी बनाउँदा घरमा प्रगति हुने र सुख शान्ति कायम रहन्छ । भर्याङलाई घडिको दिशातर्फ मोड्नुपर्छ । वास्तु विज्ञानमा घडिको विपरीत जाने भर्याङ राम्रो मानिँदैन ।  

भर्याङको लागि अनुपयुक्त दिशा 

वास्तुशास्त्र अनुसार उत्तर दिशामा भर्याङ को प्लेसमेन्ट अशुभ मानिन्छ । यसो गरेमा जीवनमा आर्थिक संकट हुने वास्तुशास्त्रीहरू बताउँछन् । वास्तु विज्ञान अनुसार घरको मध्य भाग अर्थात् ब्रह्मस्थानमा पर्ने गरि भर्याङ बनाउनु राम्रो मानिँदैन । घरभित्र बनेको भर्याङ भान्छाकोठा भण्डारकोठापूजाकोठाबाट सुरु भएको हुनु हुँदैन । 

हामी भर्याङ बनाउँदा भुइँ तलादेखि तेस्रो, चौथो तलासम्म एकै ठाउँमा भर्याङ बनाउँछौ । यसरी बनाउनुलाई पनि वास्तुशास्त्रमा नराम्रो मानिएको छ । भर्याङको पाइला विषम अर्थात् ९, ११, १५, १७ सङ्ख्यामा हुनुपर्दछ । संख्या कहिलै पनि शून्यमा टुङ्गिएको हुनु हुँदैन । भर्याङको उचाइ ४ इन्च देखी ७.७५ इन्चको हुनुपर्दछ ।

भर्याङको मुनि शौचालय, पानी ट्याङ्की जुत्ता राख्ने ठाउँ बनाउनु नराम्रो मानिन्छ । भर्याङ आफैमा गह्रुङ्गो हुने हुँदा भासिने सम्भावना रहन्छ । साथै यसरी बनाउँदा घरको आर्थिक अवस्था कमजोर हुने परिवारका सदस्यहरूको स्वास्थ्यमा समस्या आउने गर्दछ ।

गलत दिशामा भर्याङ बनिसकेको छ भने के गर्ने त !

यदि भर्याङ बनिसकेको छ र वास्तु मिलेको छैन भने त्यस्तो अवस्थामा पिरामिड लगाउन सकिन्छ ।  पिरामिडलाई भर्याङ जहाँ गएर मोडिएको हुन्छ सोही ठाउँमा लगाउनुपर्ने हुन्छ । पिरामिड सिसा अथवा तामा जुनसुकैको पनि लगाउन सकिन्छ । पिरामिडले घरभित्र सकारात्मक ऊर्जा प्रवाह गराउँदछ ।  त्यसबाहेक स्वस्तिकको चिन्ह लगाउँदा पनि शुभ हुन्छ ।

भर्याङका प्रकारहरूः

१. सिधा भर्याङ: यो भर्याङ सीधा प्रकृतिको हुन्छ । यस प्रकारको भर्याङबाट एक तलादेखि अर्को तलामा जानको लागि घुमिरहनु पर्दैन । हिजोआज प्राय घरहरूमा यस प्रकारको भर्याङको प्रयोग भएको पाइन्छ ।सिधा भर्याङ 

२. L आकारको भर्याङः यस प्रकारको भर्याङ प्रायजसो आवासिय घरमा देख्न सकिन्छ । ९० डिग्रीको कोणमा भर्याङलाई दुइ स्टेपमा घुमाइएको हुन्छ । 

Shaped Staircase

३. U आकारको भर्याङः U आकारको भर्याङ प्रायः आवासीय फ्ल्याट, बंगला, अपार्टमेन्ट आदिमा पाइन्छ । यस प्रकारको भर्याङले धेरै ठाउँ ओगटेको हुन्छ । जसले गर्दा सामानहरू तलमाथि लैजान सहज हुन्छ । 

U-shaped Staircase

४. वाइन्डर भर्याङः यस प्रकारको भर्याङ पुरानो जमानाका घरहरूमा बढी देखिन्थ्यो । हिजोआज भने यस प्रकारको भर्याङ प्रयोग कम भएको छ किनभने वाइन्डर सीढी एल आकारको भर्याङको तुलनामा निर्माण गर्न गाह्रो छ ।

Staircase

५. स्पाइरलः यो भर्याङ प्राय घरको छतमा देख्न सकिन्छ । यस प्रकारको सीढीमा, वाइन्डर स्टेपहरू गोलो र ठाडो स्तम्भमा घुमाउरो बनाएर जोडिएका हुन्छन् । 

spiral-staircase

६. घुमाउरो भर्याङः यस प्रकारको भर्याङ स्पाइरल भर्याङ जस्तै घुमाउरो प्रकृतिको हुन्छ । तर स्पाइरल भर्याङमा जस्तो बिचमा स्तम्भ भने बनेको हुँदैन । यस प्रकारको सिँढीको प्रयोग गर्नाले घरको लुक सुन्दर हुन्छ।

curved-staircase

७.क्यान्टिलिभर भर्याङः यस प्रकारको भर्याङ प्रायजसो व्यवसायिक भवनहरूमा बनाइएको पाइन्छ । 

Cantilever Stairs

प्रतिक्रिया दिनुहोस्
Pin It