Property

लाजिम्पाट कम्प्लेक्सका स्पेसहरूको भाडामा विशेष छुट 

Pinterest LinkedIn Tumblr

काठमाडौं । पानीपोखरी काठमाडौंस्थित लाजिम्पाट कम्प्लेक्सको भाडामा विशेष छुट दिइने भएको छ । बसोबासद्वारा आयोजना हुन लागेको ‘प्रपर्टी सेल्स इभेन्ट’ अन्तर्गत कम्प्लेक्स भाडामा लिँदा सेवाग्राहीले विशेष छुट पाउने भएका छन् ।

ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रपर्टि इभेन्टमा लाजिम्पाट कम्प्लेक्सका आठवटा तलाहरू पनि समावेश छ । 

२ रोपनी जग्गामा निर्माण भएको यस कम्प्लेक्समा करिब ५० हजार वर्गफिट स्पेस रहेको छ । 

lazimpat complex
लाजिम्पाट कम्प्लेक्स नै किन ?

यस कम्प्लेक्स विशेषत होटल, ठूला आईटी हब सञ्चालनका लागि निकै उपयुक्त छ । त्यसबाहेक कुनै व्यवसाय सञ्चालनका लागि ठूलो एरियाको खोजी गर्दै हुनुहुन्छ भने पनि यो कम्प्लेक्स उपयुक्त हुन्छ ।

उपयुक्त स्थान

उपत्यकाको भिआइपी क्षेत्रका रुपमा परिचित लाजिम्पाट क्षेत्र जुनसुकै व्यवसायका लागि पायक पर्ने स्थानमा छ ।  यातायातको सहज पहुँच भएको र नाम चलेको ठाउँ भएका कारण पनि हरेक व्यवसायका लागि उचित स्थान हो । 

लगानीमा प्रतिफल

लैनचौर पानीपोखरी सडकसँग जोडिएकाले यहाँ होटल, ठूला आईटी कम्पनी लगायत व्यवसायहरू सञ्चालन गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।  मुख्य सडकसँग जोडिएकाले ब्रान्डको एक्सपोजर बढाउन समेत मद्दत मिल्छ । 

lazimpat complex
गोपनीय र सुरक्षित

सिङ्गल पार्टीका लागि मात्र कम्प्लेक्स भाडामा दिइने भएकाले सुरक्षित र गोपनीय देखिन्छ । साथै सेक्युरिटी गार्ड, सीसी क्यामेरा जडान गरिने हुँदा जोकोही हाउजिङमा सहजै प्रवेश गर्न सक्दैन ।

पार्किङ लगायत अन्य सुविधाहरू

३२ फिटको फराकिलो सडकसँग जोडिएको यस कम्प्लेक्समा २० वटा कार र १ सय ५० भन्दा बढी बाइक अट्ने डबल बेसमेन्ट पार्किङ उपलब्ध छ । त्यसबाहेक कम्प्लेक्समा पानी, बिजुली र ढल निकास जस्ता आधारभूत सुविधा छन् । साथै लिफ्ट, एमर्जेस्सी एग्जिटको समेत व्यवस्था छ । 

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It