Property

बसोबास प्रपर्टी इभेन्टः रोज भिल्लाका घरहरू खरिदमा विशेष छुट

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्र बुढानिलकण्ठस्थित रोजभिल्ला हाउजिङका घरहरूमा विशेष छुट दिइने भएको छ । बसोबास प्रपर्टी इभेन्ट अन्तर्गत सिमीत समयका लागि हाउजिङका घरहरूको खरिदमा सेवाग्राहीले एक करोड मूल्य बराबर छुट पाउने भएका हुन् ।

घरजग्गा कारोबारमा सहुलियत दिने ध्येयले आयोजना हुन लागेको प्रपर्टी इभेन्टमा रोजभिल्ला  चौथो र पाँचौं फेजका आकर्षक घरहरू समावेश छन् । जसमध्ये चौथो फेजबाट ५१ आना क्षेत्रफलमा फैलिएका ४ BHK देखि ५ BHK सम्मका ५ लक्जरियस घरहरू छन् । त्यस्तै, पाँचौं फेजमा  ४३ आना क्षेत्रफलमा बनेका 3 BHK देखि 5 BHK सम्मका ३ लक्जरियस घरहरू छन् । इभेन्टमा सहभागी भइ घर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्रै यो छुट लागू हुनेछ । 

रोजभिल्लाका घरहरू नै किन ?

एबीसी प्रालिले यस हाउजिङका घरहरू विलासी र आरामदायी जीवनयापन लक्षित गरी निर्माण गरेको छ । त्यतिमात्रै नभएर बाहिरी वातावरण, सेवासुविधाको पहुँचका कारण पनि यस भिल्लाका घरहरू किन्नु फाइदाजनक छन्, जस्तो कि:

  • उपयुक्त स्थान र शान्त वातावरण

उपत्यकाको उत्तरी भागमा अवस्थित बुढानीलकण्ठ क्षेत्र अन्य ठाउँको तुलनामा विकसित छ । सेवा र सुविधाका दृष्टिकोणले शहरको सहज पहुँच भएको यो क्षेत्र कोलाहलमुक्त र स्वच्छ पनि छ । 

  • लगानीमैत्री र उच्च प्रतिफल दिने क्षेत्र

विलासी जीवनयापनका लागि धेरैको रोजाइमा उपत्यकाको भिआइपी क्षेत्र लगानीका लागि पनि निकै उपयुक्त मानिन्छ । यस क्षेत्रमा अधिकांश घरहरूले भाडाबाटै पनि राम्रो आम्दानी लिन सक्छन् । चक्रपथ नजिकै भएका कारण यस क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल लिन सकिन्छ ।

कुन ठाउँको सम्पत्तिको मूल्य कति बढ्छ वा बढ्दैन भन्ने कुरा सो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको औसत आम्दानीले पनि प्रभाव पर्छ । जुन ठाउँका मानिसको नगद प्रवाह धेरै हुन्छ, त्यहाँ घरजग्गाको मूल्य छिटो बढ्छ । केही वर्षअघिसम्म लाहुरे समुदायको बाहुल्य रहेको पोखरा र धरान यसको दरिलो उदाहरण हुन् । 

  • आकर्षक डिजाइन र गुणस्तरीय निर्माण सामग्री

यस भिल्लाका घरहरू ग्रीक तथा रोमनशैलीमा डिजाइन गरिएका छन् । यस्ता डिजाइनका घरहरू अगाडि र पछाडिबाट हेर्दा उस्तै देखिन्छन् । यी घरहरू सेमी फर्निस्ड हुन् । 

भिल्ला निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएको छ । संरचनालाई बलियो र भूकम्प प्रतिरोधक बनाउन १२/१२ को पिलर र डबल टाइबिमको प्रयोग गरिएको छ । घरका प्रत्येक कोठाहरूमा अमेरिकी स्ट्यान्डर्ड पार्केटिङ गरिएको छ । मुख्य प्रवेश द्वार र भर्याङमा सिजन काठको प्रयोग गरिएको छ । बाथरुममा ज्याक्युएर ब्रान्डका शावरको प्रयोग गरिएको छ । 

  •  अन्य सुविधाहरू

यसबाहेक भिल्लामा सामाजिक तथा भौतिक पूर्वाधारको विकास तथा आधारभूत सुविधाहरू, बिजुली बत्ती, खानेपानी, ढल निकास आदिको सुविधासँगै आधुनिक सेवा सुविधा उपलब्ध छ । भिला नजिकै विद्यालय, कलेज, सडक संजाल, खुद्रा बजार र व्यापार केन्द्रहरू र भिलादेखि ४ कि.मि. को दूरीमा गङ्गालाल हस्पिटल हुनु पनि यहाँको मुख्य आकर्षण हो । 

नोटः बसोबासले पुष ७ गते सञ्चालन आयोजना गर्न लागेको प्रपर्टी इभेन्टमा उपत्यकाका उत्कृष्ट २५ भन्दा बढी प्रपर्टीहरूमा विशेष छुटको व्यवस्था गरिएको छ । 

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It