News

दश हजार जनाले रोजगार पाउनेगरी ६ महिनामै देशभर १ सय ४५ उद्योग दर्ता 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १ सय ४५ वटा उद्योग दर्ता भएका छन् । साउनदेखि पुससम्म ३९ ठूला उद्योग सहित १ सय ४५ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ ।

दर्ता भएका उद्योग मध्ये ४१ वटा मझौला, ६५ वटा साना र ३९ वटा ठूला उद्योग रहेका छन् । यी उद्योगबाट कुल १ खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता आएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा  ५१ अर्ब रुपैयाँ कम हो ।  यी उद्योगबाट ९ हजार ८१६ जनाले रोजगारी पाउने उल्लेख छ ।  

गत वर्षको सोही अवधिमा १ सय ५५ वटा उद्योग दर्ता भएका थिए, जसमा साना ५२, मझौला ५७ र ४६ वटा ठूला उद्योग थिए । यी उद्योगबाट १ खर्ब ९० अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । भने गत वर्ष १४ हजार २५२ जनालाई रोजगारी प्रस्ताव गरिएको थियो । 

चालु वर्षको साउनदेखि पुससम्ममा दर्ता भएका १ सय ३१ वटा उद्योगमा १७ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी लगानी प्रस्ताव गरिएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनमा १३ अर्ब २६ करोडले कम हो । 

गत वर्ष सोही अवधिमा १ सय २९ वटा उद्योगममा ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको थियो ।

हालसम्म मुलुकभर स्वदेशी र विदेशी गरी ८ हजार ९ सय ९ वटा उद्याेग दर्ता भएका छन् । जसबाट २७ खर्ब ६६ अर्ब रुपैयाँ कुल लगानी प्रस्तावित भएकाे विभागकाे तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It