News

घरजग्गा किन्दा लाग्ने रजिष्ट्रेशन शुल्क घटाउन व्यवसायीको माग 

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गा व्यवसायीले घरजग्गा किन्दा लाग्ने रजिष्ट्रेशन शुल्क घटाउन माग गरेका छन् । काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक वृद्धिमा घरजग्गा क्षेत्रको सम्भावना’ विषयक कार्यशाला गोष्ठीमा व्यवसायीले रजिष्ट्रेशन शुल्क घटाउन माग गरेका हुन् । 

हाल घरजग्गा कारोबार गर्दा रजिष्ट्रेशन बापत घरजग्गा किन्ने व्यक्तिले पाँच प्रतिशत शुल्क सरकारलाई तिर्नुपर्छ । त्यसलाई दुई प्रतिशतमा झार्न उनीहरूको माग छ । 

जग्गाको सरकारी मूल्यांकन भन्दा बजार मूल्य दुई गुणा बढि छ । त्यसकारण सरकारले कर घटाउने हो भने राजस्वको दायरा बढ्ने व्यवसायीहरूको भनाइ छ । 

सरकारले अहिले पनि घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्रमा राखेको प्रति उनीहरूले दुःख व्यक्त गरेका छन् । कारोबारलाई सुलभ र सहज बनाउन ब्रोकर लाइसेन्स लिएर मात्रै घरजग्गा व्यवसाय गर्न पाउने नीति ल्याउनुपर्ने उनीहरूको माग छ ।

नेपालमा मूल्य नियन्त्रण ऐन नहुँदा घरजग्गाको मूल्य अस्वभाविक रूपले बढेको छ । मूल्य नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्नुपर्ने व्यवसायीको भनाइ छ । 

हाल नेपालमा घरजग्गा क्षेत्रमा कति लगानी भएको छ भन्ने यकिन तथ्यांक कसैसँग नभएको महासंघले जनाएको छ । महासंघसँग भने हालसम्म ५ सय खर्ब हाराहारी लगानी भएको अनौपचारिक तथ्यांक छ । 

घरजग्गामा भएको लगानीको संरक्षणका कार्यक्रम आगामी वर्षको नीति तथा कार्यक्रमले समेट्नु पर्ने महासंघको माग छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भने रजिष्ट्रेशन शुल्क घटाउने काम संघीय सरकारको नभइ प्रदेश सरकारको भएकाले प्रदेश सरकारसँग छलफल गर्न आग्रह गरेको छ । रजिष्ट्रेशनबापत उठेको कर प्रदेश सरकारले ४० प्रतिशत र स्थानीय सरकारले ६० प्रतिशत लिने गरेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It