News

बढ्न थाल्यो घरजग्गा कारोबार, माघमा ३ अर्ब ३८ करोड राजश्व संकलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । माघ महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घर जग्गा लिखत पारित भएको छ । 

पुसको तुलनामा माघमा घरजग्गा कारोबार करिब  १२ प्रतिशतले बढेको हो । पुसमा भने ४५ हजार २ सय ७५ संख्यामा  लिखत पारित भएको थियो ।

कहाँ कति भयो किनबेच ?

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकीबाट ६ सय ६७ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

भक्तपुरबाट ९ सय ९५ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै ललितपुरमा २ वटा मालपोत कार्यलय छन्ः भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल र मालपोत कार्यालय गोटीखेल । 

जसमध्ये लगनखेल मालपोत कार्यालयबाट ९ सय २७ संख्यामा घरजग्गा लिखत पारित भएको छ भने गोटीखेलबाट ३१ को संख्यामा घरजग्गा लिखत पारित भएको छ । 

त्यस्तै उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूभूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट भएको छ । धनुषाबाट माघमा २ हजार ९२ संख्यामा घरजग्गा लिखत पारित भएको छ । 

राजश्व संकलनः

कारोबार बढेसँगै घरजग्गा कारोबारबाट संकलन हुने राजश्वमा पनि वृद्धि भएको छ । माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २ सय ३१ रूपैयाँ राजश्व संकलन भएको छ । जुन पुषको तुलनामा करिब १७ करोड ५ लाख ३२ हजार ७०१ ले बढि हो । 

पुषमा घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५ सय ३० रूपैयाँ राजश्व संकलन भएको थियो । 

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । 

माघमा सरकारले सेवाकर बापत देशभरबाट कुल २२ करोड ५१ लाख १९ हजार ३ सय ४१ रूपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब २५ करोड ४ लाख २७ हजार ८१ रूपैयाँ संकलन गरेको छ । 

देशभरका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं मालपोत कार्यालय लिखत पारित सेवा कर रजिष्ट्रेसन दस्तुर 
१. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा २,०९२ ४२ लाख ८८ हजार १ सय ४९ ३ करोड ९४ लाख ९२ हजार ६ सय २१
२. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २,०३२ ६४ लाख ७७ हजार ७ सय ४२ ६ करोड ८८ लाख ९८ हजार ५ सय ३
३. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १,९०० ४४ लाख १४ हजार ९८ ३ करोड ७८ लाख ६८ हजार ३ सय ८८
४. मालपोत कार्यालय बेलबारी, मोरङ १,६८३ ४५ लाख २४ हजार ९ सय २७  ३ करोड ७८ लाख ५१ हजार ४ सय ३६
५. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १,४०० १६ लाख ५४ हजार ६१ १ करोड ८८ लाख २७ हजार १ सय ५६
६. भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरी १,२९२ १९ लाख ६० हजार ५ सय १४  २ करोड २८ लाख ११ हजार ३ सय ९७

स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय

काठमाडौंका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं मालपोत कार्यालय लिखत पारित सेवा कर रजिष्ट्रेसन दस्तुर
१. मालपोत कार्यालय कलङ्की, काठमाडौं ६६७ ८९ लाख ९१ हजार ३ सय २०  १३ करोड २६ लाख ५८ हजार ८ सय ७६
२. मालपोत कार्यालय चाबहिल,  ४४७ ८७ लाख ४२ हजार १ सय १ १२ करोड २३ लाख ५९ हजार ७ सय ५१
३. मालपोत कार्यालय साँखु, ४०८ १९ लाख ५२ हजार १ सय ७७ ५ करोड १८ लाख ४२ हजार ५ सय ६२
४. मालपोत कार्यालय मनमैजु,  ३०९ ३० लाख ९७ हजार ३ सय ८८  ४ करोड ७९ लाख ४७ हजार ४ सय २७ 
५. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार,  २०५ २ करोड २७ हजार ३ सय ४५ ११ करोड ६९ लाख ८५ हजार ७७ 
६.  मालपोत कार्यालय टोखा, १७६ ४९ लाख ३७ हजार ३ सय ८३ ३ करोड २७ लाख ५१ हजार २ सय ७

स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It