News

घरजग्गा कारोबार दुई वर्षयताकै उच्च, जेठमा ४ अर्ब ३३ करोड राजश्व संकलन

By BabinaJune 17, 20245 min read
घरजग्गा कारोबार दुई वर्षयताकै उच्च, जेठमा ४ अर्ब ३३ करोड राजश्व संकलन

काठमाडौं ।  जेठ महिनामा दुई वर्षयताकै उच्च घरजग्गा कारोबार भएको छ । जेठमा देशभरका मालपोत कार्यालयबाट ६१ हजार १ सय ६१ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागको तथ्याङ्कले देखाएको छ । जुन गत महिनाको तुलनामा ११ हजार ३७९ ले बढी हो । 

वैशाखमा ४९ हजार ७८२ घरजग्गा किनबेच भएको थियो । यस्तै, गत वर्षको जेठको तुलनामा ६ हजार ९२ ले बढी हो । गत जेठमा ५५ हजार ६९ घरजग्गा लिखत पारित भएको थियो ।

सरकारले ०७९ जेठ २३ मा भूउपयोग नियमावली जारी गरेसँगै सोही वर्षको साउनदेखि घरजग्गा कारोबार ओरालो लागेको थियो । राष्ट्र बैंकले नीतिगत लचकता अपनाउन थालेपछि घरजग्गा कारोबार पनि बढ्न थालेको हो । 

कहाँ, कति भयो किनबेच ?

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकीबाट ७ सय ६३ संख्यामा लिखत पारित भएको छ भने  सबैभन्दा कम टोखा मालपोत कार्यलयबाट १ सय ५९ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, भक्तपुरबाट ११ सय ९७ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । मालपोत कार्यालय लगनखेलबाट १ हजार ८१ र मालपोत कार्यालय गोटीखेलबाट ३१ वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी भएको छ । सुनसरीबाट २३ सय ७६ को संख्या लिखत पारित भएको छ भने सबैभन्दा कम मालपोत कार्यालय, सिर्दिवासबाट ४ संख्यामा लिखत पारित भएको छ ।  

राजश्व संकलनको अवस्थाः

कारोबार बढेसँगै घरजग्गा कारोबारबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको छ । जेठमा सरकारले घरजग्गा कारोबारबाट ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७ सय ६९ रुपैयाँ संकलन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १५.५२ प्रतिशतले बढि हो । गत वर्षको जेठमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजश्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । 

चैतमा सरकारले सेवाकर बापत देशभरबाट कुल ३२ करोड ३८ हजार ९ सय ६८ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ८१ करोड ९२ लाख ९७ हजार १ सय २५ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब ५६ करोड ८८ लाख ८७ हजार ९ सय ३० रुपैयाँ संकलन गरेको छ । 

चैतमा उपत्यकाका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् । 

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजश्व संकलनको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. मालपोत कार्यालय कलंकी, काठमाडौं ७६३ १ करोड २५ लाख ८० हजार १ सय ७७ रुपैयाँ १७ करोड १६ लाख ८२ हजार ६ रुपैयाँ ११ करोड ०४ लाख ४ हजार १ सय ९१ रुपैयाँ
२. मालपोत कार्यालय चावहिल, काठमाडौं ५३२ १ करोड ४४ लाख ६७ हजार १ सय ५ रुपैयाँ १७ करोड ५६ लाख ७ हजार ८ सय ८३ रुपैयाँ ८ करोड ४२ लाख ५४ हजार ९ सय ५९ रुपैयाँ
३. मालपोत कार्यालय साँखु, काठमाडौं ५२९ २६ लाख ९५ हजार ३ सय २५ रुपैयाँ ६ करोड १८ लाख ४९ हजार ६ सय ६६ रुपैयाँ    ४ करोड १२ लाख ९० हजार ४ सय ८१ रुपैयाँ
४.  मालपोत कार्यालय मनमैजु, काठमाडौं ३१७ ४२ लाख २० हजार ४ सय ८५ रुपैयाँ ५ करोड ९७ लाख २९ हजार ७ सय ३९ रुपैयाँ २ करोड ९५ लाख ८५ हजार ५ सय ४६ रुपैयाँ 
५.  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं २५४ १ करोड ५३ लाख ४५ हजार ५ सय ९७ रुपैयाँ १७ करोड ८ लाख ५८ हजार १ सय १० रुपैयाँ ९ करोड ९४ लाख ९० हजार रुपैयाँ
६.  मालपोत कार्यालय टोखा, काठमाडौं १५९ २५ लाख ५५ हजार १ सय रुपैयाँ  ४ करोड १६ लाख ४८ हजार ३ सय २४ रुपैयाँ २ करोड २९ लाख ९२ हजार २ रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यका बाहिरको कारोबारको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २३७६ ७८ लाख ७७ हजार ८ सय ८६ रुपैयाँ ८ करोड ९६ लाख ७५ हजार ७ सय १६ रुपैयाँ ४ करोड ५१ लाख ६० हजार ६० रुपैयाँ
२. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा २३४८ ४७ लाख १४ हजार १ सय २ रुपैयाँ  ४ करोड ५७ लाख ७७ हजार ४ सय ५१ रुपैयाँ १ करोड ७९ लाख ८५ हजार ८ सय ४२ रुपैयाँ 
३. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १९८१ ९४ लाख ४४ हजार ५ रुपैयाँ  ४ करोड २५ लाख ८१ हजार १ सय ४९ रुपैयाँ  २ करोड ६१ लाख ६ हजार ६१ रुपैयाँ 
४.  मालपोत कार्यालय बेलवारी, मोरङ १९५८ ५ करोड  ७५ लाख  ७ हजार २ सय ६४ रुपैयाँ  ४ करोड २२ लाख ६६ हजार १ सय ४१ रुपैयाँ  १ करोड ८५ लाख ७९ हजार ८ सय ३३ रुपैयाँ
५.  भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १७२९ २० लाख ११ हजार ५ सय ३ रुपैयाँ २ करोड ४३ लाख ९१ हजार ८२ रुपैयाँ ७२ लाख ८३ हजार १ सय ३ रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

देशभरबाट सबैभन्दा धेरै राजस्व संकलन भएका मालपोतहरूः
क्र. सं  मालपोत कार्यालय राजस्व संकलन 
१. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ४० करोड ४९ लाख ५१ हजार ४ सय ४६ रुपैयाँ
२. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर ३० करोड ६३ लाख २५ हजार ९ सय ५८ रुपैयाँ 
३. मालपोत कार्यालय कलंकी, काठमाडौं २७ करोड २३ लाख २१ हजार ९ सय ३७ रुपैयाँ
४.  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं २६ करोड ६० लाख ६५ हजार ८ सय ६८ रुपैयाँ
५.  मालपोत कार्यालय चावहिल, काठमाडौं २४ करोड ५६ लाख २९ हजार ५ सय ७ रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

home buyingHousing MarketJeth Real EstateJeth TransactionsLand Dealsmarket updatenepal real estateProperty Investmentproperty marketProperty Salesreal estateReal Estate Newsreal estate transactionsReal Estate Trends

You May Also Like

More stories from Basobaas