News

पुषमा घरजग्गाबाट साढे ३ अर्ब राजश्व संकलन, कारोबार उकालो लागेकै हो त ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । पुस महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा बढि घरजग्गाको कारोबार भएको पाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ संख्यामा घरजग्गाको लिखत पारित भएको छ, जुन पछिल्लो छ महिना यताकै उच्च हो । 

कहाँ कति भयो किनबेच?

काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकीबाट ६ सय ५९ संख्यामा घरजग्गा लिखत पारित भएको छ । 

त्यस्तै उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । 

सुनसरीबाट पुषमा १ हजार ९ सय ३७ संख्यामा घरजग्गा लिखत पारित भएको छ । 

राजश्व संकलनः

कारोबार बढेसँगै घरजग्गाबाट संकलन हुने राजश्वमा पनि वृद्धि भएको छ । पुस महिनामा जग्गाको कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५ सय ३० रूपैयाँ राजश्व संकलन भएको छ । जुन मंसिरको तुलनामा करिब ३४ करोड २ लाख २ हजार ५०९ ले बढि हो । 

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । 

मंसिरमा सरकारले सेवाकर बापत देशभरबाट कुल २६ करोड २० लाख २६ हजार ७ सय ९० रूपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब १२ करोड १२ लाख ४९ हजार ५ सय ७७ रूपैयाँ संकलन गरेको छ । 

देशभरका मालपोत कार्यालयहरूले मंसिरमा पुँजीगत लाभकरबापत १ अर्ब १० करोड ९४ हजार ८२ रूपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २३ करोड ७ लाख ९६ हजार ८ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

देशभरका मालपोत कार्यालयबाट संकलित राजश्वः
क्र.सं मालपोत कार्यालय  लिखत पारित सेवा कर  रजिष्ट्रेसन दस्तुर 
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी  १,९३७ १ करोड १० लाख ३७ हजार ७ सय ४८ रुपैयाँ ६ करोड ९५ लाख ८७ हजार ७ सय ९६ रुपैयाँ
२.  भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १,७४३ ६० लाख ७१ हजार ८ सय ४५ रुपैयाँ १३ लाख ८० हजार ५ सय ४७ रुपैयाँ
३. मालपोत कार्यालय बेलबारी, मोरङ १,६५०  ४४ लाख ९ हजार ४ सय ६९ रुपैयाँ ३ करोड ६३ लाख ३९ हजार ५ सय ७० रुपैयाँ
४. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १,५२० ३८ लाख १४ हजार ३ सय ६६ रुपैयाँ २ करोड ९९ लाख ८८ हजार ९ सय ३७ रुपैयाँ
५. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी  १२६० १७ लाख ४८ हजार २९ रुपैयाँ १ करोड ९९ लाख ६ हजार ८ सय ५४ रुपैयाँ

स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय

काठमाडौंका मालपोत कार्यालयबाट संकलित राजश्वः
क्र.सं मालपोत कार्यालय  लिखत पारित सेवा कर रजिष्ट्रेसन दस्तुर 
१. मालपोत कार्यालय कलङ्की, काठमाडौं ६५० १ करोड २६ लाख २६ हजार ८ सय ५० रुपैयाँ १२ करोड ८९ लाख ३० हजार ५ सय १९ रुपैयाँ
२. मालपोत कार्यालय चाबहिल, काठमाडौं ४०७ १ करोड १० लाख ३५ हजार ९ सय ८४ रुपैयाँ १४ करोड ५९ लाख ८९ हजार ८ सय ४१ रुपैयाँ
३. मालपोत कार्यालय साँखु, काठमाडौं ४०७ २९ लाख ७ हजार १२ रुपैयाँ ५ करोड ४३ लाख १६ हजार १ सय ३८ रुपैयाँ
४. मालपोत कार्यालय टोखा, काठमाडौं १३७ २५ लाख ६७ हजार ४ सय रुपैयाँ ३ करोड २९ लाख ९२ हजार ४६ रुपैयाँ
५. मालपोत कार्यालय मनमैजु, काठमाडौं ३७ लाख ४४ हजार ४९ रुपैयाँ ३ करोड ८० लाख ८८ हजार ६ सय १३ रुपैयाँ

स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It