News

एक लाख भन्दा कमको चेक नलिन घरजग्गा व्यवसायीलाई सुझाव

Pinterest LinkedIn Tumblr

काठमाडौं । बिहीबार नेपाल रियल इस्टेट अर्गनाइजेसन (एनरियो)द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनरियोले शंखमुलस्थित ए-वान क्याफेमा घरजग्गा बजार व्यवस्थापनका लागि विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो । 

अन्तरक्रिया कार्यक्रममा विभिन्न एजेन्सीका प्रतिनिधि तथा एजेन्ट गरी ३० जना सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै एनरियोका सचिव हमिद खानले रियल स्टेट क्षेत्रमा जनशक्तिको अभाव भएको बताए । जसका लागि एनरियोद्वारा विशेष परामर्शको व्यवस्था गराइने  उनको भनाइ छ । 

छलफलका क्रममा एनरियोका महासचिव बिनोद सुवेदीले एजेन्ट तथा एजेन्सीका प्रतिनिधिहरूलाई संशोधित घरजग्गा विद्येयकको सम्पूर्ण जानकारी दिएका थिए । 

वक्ताहरूले एनरियोप्रति देखाएको असन्तुष्टिलाई सम्बोधन गर्दै एजेन्ट र एजेन्सीहरूलाई विश्वासको वातावरण प्रदान गर्दै उनीहरूको हक हितका लागि तल्लिन भएर काम गर्ने सुवेदीले बताए । , 

एजेन्टहरूलाई अवमूल्यन गर्ने र कमिसन समेत नदिने प्रवृत्ति बढेकाले जनशक्ति पलायन हुने गरेको भन्दै सबैलाई एककृत गराउन चुनौति भएको सुवेदीको भनाइ छ ।

एनरियोमा आवद्ध हुने तरिकाबारे जानकारी गराउँदै सुवेदीले एनरियोमा नेतृत्वकर्ताका रुपमा काम गर्न इच्छुकलाई आफ्नो भिजनसहित सम्पूर्ण एजेन्ट तथा एजेन्सीको सहमतिबाट नेतृत्वकर्ताका रूपमा काम गर्न सक्ने बताए । ‘तर राजनीतिक तथा निर्वाचनको प्रकृयामा भने हामी जादैनौं’ उनले भने ।

हाल धेरै एजेन्ट तथा एजेन्सीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता बिना नै कारोबार गरिरहेका छन् । तथापि दर्ता भएका तथा नभएका सबैका लागि सदस्यता आह्वान गर्नुपर्ने ‘नेपाल रियल स्टेट सोलुसन’का संस्थापक गोपाल बारुडीले बताए । दर्ता नभएकालाई भने एनरियोले कानुनी परामर्श दिइ दर्ता प्रकृयामा अगाडि बढाउनुपर्ने बारुडीले सुझाए । 

‘हाल मल्टिनेशनल सिस्टमको आवश्यक भएपनि त्यसभन्दा अघि कानुनी परामर्शको आवश्यकता भएकाले एनरियोले त्यसप्रति ध्यान केन्द्रित गर्नुपर्छ । अब हुने अन्तरक्रिया कार्यक्रममा वकिललाई समेत समावेश गरौं’ ‘उनले भने’ । 

कार्यक्रममा बोल्दै नेपाल प्रपर्टी मार्केटका संस्थापक अमोल प्रधानले एक लाख कमको चेक बाउन्स नहुने हुँदा एजेन्टहरूलाई एक लाख भन्दा कमको चेक नलिन सुझाव दिए । 

अन्तरक्रिया कार्यक्रमले देशभरका एजेन्ट तथा एजेन्सीसँग भाइचाराको वातावरण सिर्जना गरेको भन्दै घरजग्गाको मापदण्डका जानकारीमूलक कार्यक्रमहरूलाई अझ जोडदिनुपर्ने इन्दस प्रपर्टीका म्यानेजिङ पार्टनर विश्वराज शाहले बताए । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It