Development

२ खर्ब भारू लगानीको ‘रक्सौल-काठमाडौं रेलमार्ग सर्भे रिपोर्ट’ नेपालको हातमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले भारतबाट रक्सौल काठमाडौं रेलमार्गको लोकेसन सर्भेको प्रतिवेदन बुझेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको प्रतिनिधि मण्डलस्तरीय वार्तापश्चात उक्त रिपोर्ट नेपाललाई बुझाइएको हो ।

रेलमार्गको फाइनल लोकेसन सर्भे भारतको कोंकण रेलवेले गरेको हो । झन्डै १८ महिना खर्चिएर गरिएको उक्त सर्भे विस्तृत परियोजना (डीपीआर) अध्ययन हो होइन भन्ने यकिन छैन । 

भारतीय पक्षको अनुदानमा गरिएको सर्भे पछि डिपिआर गर्नु नपर्ने नेपाली अधिकारीहरूले जनाएका छन् ।

रक्सौल-काठमाडौं ब्रोडगेजको रेलमार्ग बनाउन २ खर्ब बढी भारतीय रुपैयाँ लाग्ने सर्भेको निष्कर्ष छ । यसअघि ०७६ मा रेलमार्गको प्रारम्भिक अध्ययन भएको थियो । 

कोंकण कम्पनीले गरेको सर्भे प्राप्त भएपछि अध्ययन गर्ने, त्यसमा केही संशोधन गर्नुपर्ने भए सुझाव, प्रतिक्रिया दिने प्रक्रिया सुरु हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । 

नेपालले जवाफ दिएपछि मात्रै आयोजनाको निर्माण अवधि र प्रक्रिया अघि बढ्ने भारतीय पक्षको भनाई छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It