News

जग्गा कित्ताकाटसम्बन्धी मन्त्रिपरिषद्को निर्णय संसद्‌मा​​​​​​​ विरोध

Pinterest LinkedIn Tumblr

काठमाडौं । पुरानै अवस्थामा जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णयलाई लिएर प्रतिनिधि सभा बैठकमा विरोध भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै एमाले सांसद सरस्वती सुब्बाले सो निर्णयको विरोध गरेकी हुन् । 

प्रतिनिधिसभा बोल्दै सुब्बाले पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत भएको बताइन् । ‘यो निर्णयले जमिनको खण्डिकरण बढ्ने हुँदा कृषि भूमि समाप्त पार्ने बाटो खुल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ’ उनले भनिन् । 

साथै जमिनमा दलालीकरण बढाउँने भन्दै कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षण समेत गराइन् । 

नेपाल खाद्य संकट र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । यस्तोमा, मौलिक हक अन्तर्गत रहेका खाद्य सम्प्रभुता, सुरक्षित आवास लगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन यस्तो अवस्थामा भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश, जनताविरुद्ध भएको सुब्बाको भनाइ छ । 

भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन २६ गते प्लटिङ गर्न स्वीकृति लिएको र अंशबन्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले भूमि मन्त्रालयको प्रस्तावमा पुरानै अवस्थामा जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Pin It