News

सेजमा जग्गा भाडादरलाई १० रुपैयाँमा झार्ने तयारी 

Pinterest LinkedIn Tumblr

काठमाडौं । विशेष आर्थिक क्षेत्र सेजको भाडा दर र उत्पादित वस्तुको निर्यात सीमा घटाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सेजमा उद्योगीहरूको आकर्षण बढाउन यस्तो तयारी भएको बताएका हुन् ।

शनिवार विशेष आर्थिक क्षेत्र सिमरा सेजको स्थलगत अनुगमनको क्रममा निर्यातलाई ३० प्रतिशतमा र भाडादरलाई १० प्रतिशतमा झार्ने तयारी भएको मन्त्री रिजालले जनाएका हुन् ।

यसअघि सेजमा उत्पादन भएका वस्तुलाई ६० प्रतिशत निर्यात गर्नुपर्ने र जग्गाको भाडादर प्रति वर्गमिटर २० थियो । 

सेज विशेष आर्थिक क्षेत्र भएकोले यहाँ हड्ताल गर्न पाईदैन । जसले गर्दा सेज भित्रको सबै जग्गा सेजमा लैजाने कि औद्योगिक क्षेत्रमा भन्ने विषयमा छलफल गरेर टुङ्ग्याउने मन्त्री रिजालले बताए ।

 ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था औद्योगिक क्षेत्रमा लागू हुँदैन । 

सेजको स्थलगत अवलोकन पश्चात मन्त्री रिजालले सेज सञ्चालनका लागि सरोकारवाला सबै निकायहरूको सहयोगको आवश्यकता पर्ने बताएका छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It