Lifestyle

३५ हजार प्लास्टिकका झोलाबाट बनेको घर, यस्तो छ वास्तविकता

Pinterest LinkedIn Tumblr

काठमाडौं । इन्डोनेसियाको बालीमा प्लास्टिकका सामग्रीबाट निर्माण भएको घर छ । यो घर पर्यावरण संरक्षण अभियानकर्ता ग्यारी बेन्चेगिबले बनाएका हुन् । 

बेन्चेगिबले नदिहरूमा फालिएका प्लास्टिकजन्य फोहोर संकलन गरेर प्रसोधन गरी घर निर्माण सामग्रीको रुपमा प्रयोग गरेका छन् । 

बेन्चेगिबले सन् २०२० बाट पर्यावरण संरक्षण अभियान ‘सुन्गाई वाच’ सुरु गरेका थिए । सन् २०२१ मा इन्डोनेसियामा करिब १० टन फोहोर फालिएको थियो । 

यसरी फालिएको फोहोर नदि हुँदै समुद्रसम्म पुग्यो । उनले बाली र जाभाको नदि समुद्र र फोहोर फाल्ने स्थान सफा गर्न थाले । संकलित फोहोरबाट निस्केका ३५ हजार टन प्लास्टिकलाई पुनर्नवीकरण गरेर एउटा सानो घर बनाएका छन् । 

१२ मिटर लम्बाइ भएको घरमा बेडरुम, भान्छाकोठा र बाथरुम लगायतका आवश्यकीय स्पेस र सामग्रीहरू निर्माण गरिएको छ ।  घरको इन्टेरियर, फर्निचर र किचन क्याबिनेटहरू प्लास्टिकका कपहरूलाई पुनर्नवीकरण गरि बनाइएको छ । 

त्यस्तै, घरमा आवश्यक प्रकाश र विद्युतीय आवश्यकता पूर्तिका लागि सोलार प्यानलको जडान गरिएको छ । 

यो घरमा उनी स्वयम् बस्छन् । उनले यस निजी परियोजनाबाट फोहोर भनेर फालिएका प्लास्टिकबाट पनि उपयोगी सामानहरू बनाउन सकिन्छ भन्ने कुरा साबित गरेर देखाएका छन् । 

त्यतिमात्रै नभएर उनले पर्यावरणलाई सफा राख्ने अभियानको सार्थक उदाहरण प्रस्तुत गर्ने उल्लेखनीय काम गरेका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It